×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग - १६

‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –आर्थिक मितव्ययिता र सुशासनको कुरा गरेर नथाक्ने अर्थमन्त्री युवराज खतिवडाको निजी सचिवालयमा एक उपसचिव, एक शाखा अधिकृत र एक कम्प्युटर अधिकृत गरी तीनजना कर्मचारी छन् । तर मन्त्रालयले निजी सचिवालयका लागि भनेर पाँचवटा गाडी उपलब्ध गराएको छ ।

Muktinath Bank

मन्त्री खतिवडाको निजी सचिवालयमा रहेका उपसचिव होमकान्त भण्डारी, शाखा अधिकृत किरण पौडेल र कम्प्युटर अधिकृत बलराम श्रेष्ठ तीनैजनाले एक–एकवटा गाडी चढ्न पाउने हो भने पनि दुईवटा गाडी जगेडा हुन आउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीनजना कर्मचारी रहेको निजी सचिवालयलाई पाँचवटा गाडी किन भन्ने हाम्रो प्रश्नमा मन्त्रीका निजी सचिव होमकान्त भण्डारीले आफूहरूले अनावश्यक र निजी काममा गाडी प्रयोग नगरेको जवाफ दिए ।


Advertisment
Nabil box
Kumari

‘मन्त्रीज्यूको कार्यक्रमहरू भइराख्छ, मुभमेन्ट भइरहन्छ,’ भण्डारीले लोकान्तरसँग भने, ‘व्यस्त भइरहनुपर्ने भएकाले हो, अनावश्यक र निजी कामका लागि प्रयोग गरेका छैनौं ।’

Vianet communication
Laxmi Bank

त्यसका लागि पनि कर्मचारी संख्या भन्दा बढी गाडी किन चाहियो त भन्दा उनले मन्त्रीका सल्लाहकार र स्वकीय सचिवालयले प्रयोग गर्ने गाडी पनि निजी सचिवालयकै नाममा उल्लेख भएको हुनसक्ने संकेत गरे ।

‘व्यक्तिगत रूपमा कसैलाई गाडी छैन, स्वकीय सचिवालयले पनि प्रयोग गरेको हुनसक्छ,’ उनले भने, ‘अहिले त्यस्तो देखिएको मात्र होला ।’

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार बा२झ ३७३३ नम्बरको टोयटा ल्याण्डक्रु्ूजर, बा१झ ८२१६ नम्बरको सान्टा फे जीप, बा२झ ३४९४ नम्बरको मारुती स्वीफ्ट कार, बा२झ १२६७ नम्बरको मित्सुबिसी पजेरो र बा१झ ८९१२ नम्बरको सेन्ट्रो कार मन्त्रीको निजी सचिवालयका नाममा रहेको छ ।

मन्त्री खतिवडाले भने बा२झ २३३० नम्बरको निशान एक्स ट्रायल जीप चढ्ने गरेको देखिन्छ ।

सूचना लुकाउन हरसम्भव प्रयास, नसकेपछि अपूरो सूचना !

हामीले माग गरेको विवरण सूचना अधिकारी सुशीलकुमार शर्मा नेपालले १५ दिनको म्यादसम्म उपलब्ध गराएनन् । त्यसपछि सचिवलाई उजुरी गरेको ७ दिनसम्म पनि सूचना उपलब्ध भएन । दुवै म्याद गुज्रिएपछि हामीले सूचना आयोगमा उजुरी गर्‍यौं । त्यसपछि बल्ल अपूरो सूचना उपलब्ध भयो । हामीले इन्धनको विवरण पनि मागेका थियौं, तर मन्त्रालयले हामीलाई उक्त विवरण उपलब्ध गराएको छैन ।

महाशाखाको नाममा राखेर उपसचिवलाई गाडी

सरकारले सह–सचिवसम्मका कर्मचारीलाई चारपांग्रे सवारी सुविधा उपलब्ध गराउँछ । तर अधिकांश मन्त्रालयमा उपसचिव, केहीमा शाखा अधिकृत र च्यानल मिलाउन सक्ने नासुसम्मले गाडी प्रयोग गर्ने गरेको देखिन्छ । अर्थ मन्त्रालयमा भने उपसचिवहरूलाई सीधै गाडी उपलब्ध गराइएको छैन, तर प्रायः उपसचिवले गाडी चढ्ने गरेको देखिन्छ । 

उदाहरणका लागि, बजेट तथा कार्यक्रम महाशाखामा सहसचिव हरिशरण पुडासैनीका अलावा ९ जना उपसचिव पनि छन् । बाँकी कर्मचारी शाखा अधिकृत र कम्प्युटर अधिकृत रहेका छन् ।

मन्त्रालयले हामीलाई उपलब्ध गराएको विवरणमा उक्त महाशाखाका लागि ९ वटा गाडी छुट्ट्याइएको छ ।

त्यसो त सह–सचिव पुडासैनीले आफ्नै सुविधामा गाडी पाएकाले त्यो सहित महाशाखाको प्रयोजनमा रहेको गाडीको संख्या १० पुग्छ ।

अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा सहसचिव एक र उपसचिव तहका ७ कर्मचारी छन् । सहसचिव श्रीकृष्ण नेपालले आफ्नै सुविधामा उपलब्ध गाडी चढ्छन् । त्यसका अलावा पनि महाशाखासँग ८ वटा गाडी छ । सात उपसचिवले एक–एक गाडी चढ्दा अझै एक गाडी जगेडा हुन आउँछ ।

यद्यपि तल्लो तहका कर्मचारीले पनि कार्यालय समयमा कार्यालय प्रयोजनका लागि महाशाखामा रहेकामध्येबाट नै गाडी प्रयोग गर्ने गरेको देखिन्छ । 

हेर्नुहोस्, सूची 

एक तिहाइभन्दा बढी गाडी भन्सारबाट जफत

मन्त्रालयमा रहेका ६३ वटा चारपांग्रे सवारीमध्ये २६ वटा भन्सारबाट जफत भएको देखिन्छ । एक गाडी दातृनिकाय र एक गाडी अख्तियारले उपलब्ध गराएको देखिन्छ । 

हेर्नुहोस्, चारपांग्रे सवारीको विवरण :

दुईपांग्रेको पनि अपूरो सूचना

मन्त्रालयमा मोटरसाइकल र स्कूटर गरी ९८ वटा दुईपांग्रे सवारी रहेको देखिन्छ । तर प्रयोगकर्ताको विवरण मन्त्रालयले उपलब्ध गराएन । इन्धनसँगै दुईपांग्रे सवारी प्रयोगकर्ताको सूचना समेत मन्त्रालयले लुकाएको छ ।

हेर्नुहोस्, मोटरसाइकल र स्कूटरको विवरण :

हेर्नुहोस् शृंखलाका १५ भाग :-

भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x