कात्तिक २१, २०८०
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म टोखा–६ धापासीमा विराट ज्ञान महायज्ञ तथा टोखा नगर धार्मिक महोत्सव हुँदैछ ।
हरिहर सन्यासाश्रम तथा परमानन्द संस्कृत गुरुकुलपीठ देवघाटधाम र नेपाल सन्त समाजका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीको शिवसंकल्पमा हुन लागेको हो यो महोत्सव । कार्यक्रम आयोजक मूलसमितिका अध्यक्ष पनि उहाँ नै हुनुहुन्छ ।
उहाँका अनुसार यस पावन अवसरमा टोखा–६ धापासी नैनदेवी मन्दिर परिसरको धार्मिक वनमा निर्मित हरिहर मन्दिर समुद्घाटन, देवमूर्ति प्राणप्रतिष्ठा, विविध धार्मिक अनुष्ठान, विराट ज्ञानमहायज्ञ आदि कार्यक्रम हुनेछन् । शतचण्डी, महारुद्री, श्रीमद्भागवत तथा शिवपुराण पाठपारायण, लक्षवर्ती प्रज्वलन, अखण्ड घृतधारासहित गायत्री मान्त्रले लक्षहवन, वेद, गीता तथा विष्णुसहस्रनाम पाठ, भूमिदान, तुलादान, पञ्चदेवोपासना, पितृतर्पण, शोभा यात्रा आदि महायज्ञका विशेष कार्यक्रम हुन् ।
वैदिक सनातन धर्मसंस्कृति र संस्कृत विद्याको संरक्षण तथा सम्बर्धन गर्ने, आध्यात्मिक चेतनाको प्रचार, प्रसारद्वारा समाजलाई नैतिक र चरित्रवान् बनाउने, ऋषिमुनिहरूद्वारा प्रवर्तित यज्ञीय संस्कृतिको पुनर्जागरण गर्ने, प्राचीन मौलिक नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने, हरिहर भगवान्को पूजा तथा सन्यास आश्रम सञ्चालनार्थ अक्षयकोष स्थापना गर्ने, ज्येष्ठ नागरिकहरूको सेवा गर्ने, आश्रमका निर्माणाधीन भौतिक संरचना पूरा गर्ने, वैदिक धर्मानुयायीहरूलाई नित्यनैमित्तिक यज्ञ–अनुष्ठानहरू गर्न सहजीकरण गर्ने, नैनदेवी हरिहर गुरुकुल धार्मिक वनको संरक्षण र विकास गर्ने, परमानन्द संस्कृत गुरुकुलको सञ्चालन एवं स्तरोन्नति गर्ने आदि महायज्ञका उद्देश्य रहेका छन् ।
अध्यक्ष स्वामी भन्नुहुन्छ, ‘यहाँको करीब ५७ रोपनी जग्गामा फैलिएको वन क्षेत्रमा सार्वजनिक उद्यान, बगैंचा योग, ध्यान व्यायामशाला निर्माण गर्ने, सन्यासाश्रम व्यवस्था गर्ने, गृहस्थाश्रम व्यावस्थापनका लागि वैदिक यज्ञअनुष्ठान, सप्ताह पुराण, न्वारन, पास्नी, विवाह, ब्रतबन्ध आदि कार्यक्रम एकै स्थानबाट सञ्चालन गर्ने व्यवस्था मिलाउने आदि लक्ष्य राखेका छौं । यिनका केही पूर्वाधार तयार तयार भइसकेका छन् । बाँकी पनि क्रमशः हुँदै जाने छन् । कार्यक्रम सबै संस्थागतरूपमा हुनेछन्, जसले गर्दा शुद्ध र स्तरीय हुनेछन् भन्नेमा विश्वस्थ छौं ।’
आयोजक समितिका अनुसार महायज्ञ सञ्चालनमा नेपालका सबै किसिमका लब्धप्रतिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ । विभिन्न पीठका पीठाधीश महामण्डेश्वर स्वामीजीहरू, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वप्रधान न्यायाधीश सुशीला कार्की पूर्व उपप्रधानमन्त्री भीम रावल, पूर्व मन्त्रीहरू नरहरि आचार्य, भीमसेनदास प्रधान, प्रकाशशरण महत, नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल, नेपाल सरकारका पूर्व सचिवहरू लगायत यस क्षेत्रका राजनीतिज्ञ, समाजसेवी, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी आदि सयौं व्यक्तित्व महायज्ञ आयोजक समितिमा आवद्ध हुनुहुन्छ । उहाँहरूले परम संरक्षक, प्रधान संरक्षक, संरक्षक, सहसंरक्षक, आयोजक मूल समिति, समितिका प्रधान सल्लाहकार, वरिष्ठ सल्लाहकार, सल्लाहकार र कार्यसम्पादन समितिका सदस्य आदि मर्यादाक्रम अनुसारको विभिन्न स्थानमा रहेर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
स्वामी ज्ञानानन्द सरस्वतीका अनुसार नेपाली काष्ठकला युक्त प्यागोडा शैलीमा निर्मित हरिहर मन्दिर काठमाडौंकै पहिलो हो । हरिहर सन्यासाश्रम देवघाटधाम तनहुँको काठमाडौं शाखा पनि हो यो । आश्रमको गुल्मी, बाग्लुङ, पाल्पा, चितवन, रुपन्देही, नवलपुर आदि जिल्लामा दुई दर्जनभन्दा बढी शाखा छन्, जहाँ गुरुकुल शिक्षा पद्धतिमा आवद्ध भएर ६ सयभन्दा बढी विद्यार्र्थीले निःशुल्क भोजन तथा आवास सुविधा सहितको शिक्षा हासिल गर्दै आएका छन् । यिनका प्रधान गुरुकुलम् परमानन्द संस्कृत गुरुकुलम् हो, जुन हरिहर सन्यासाश्रम देवघाटधाममा सञ्चालित छ । शास्त्रीसम्मको पढाइ हुने यस गुरुकुलम्मा हाल २ सय ७० विद्यार्थी अध्ययन गर्दैछन् । यस आश्रममा गुरु, विद्यार्थी तथा कर्मचारी गरी ३ सय ५० जनाभन्दा बढीले निःशुल्क भोजन तथा आवास सुविधा प्राप्त गर्दै आएका छन् । शास्त्रीभन्दा माथिको शिक्षा वाल्मीकि क्याम्पसबाट प्राप्त गर्दै आएका छन् । बिस्तारै त्यसको समेत पढाइ यहीँबाट हुने व्यवस्था मिलाउने प्रयास हुँदैछ ।
स्वामीजी भन्नुहुन्छ, ‘अब दर्शन पढ्न चाहने विद्यार्थीले अन्यत्र जानुपर्दैन । पहिले दर्शनको खोजीमा काशी, हरिद्वारतिर धाउनुपथ्र्यो नेपालीहरूले । अब त्यस्तो छैन । यहीँबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाएका छौं ।’
आध्यात्मिक क्षेत्रका शिखर पुरुष स्वामीजी शिक्षा क्षेत्रका उज्वल नक्षत्र नै हुनुहुन्छ । उहाँ आफैं सन्यासी हुनुहुन्छ । उहाँका निजी घर वा श्रीसम्पत्ति केही छैन । भएको श्रीसम्पत्ति त्यागेर आध्यात्मिक शिक्षा र ज्ञानको ज्योति फैलाउने कार्य गर्दै आउनुभएको छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ भन्दै नेपाल आमाको सेवामा समर्पित हुनुहुन्छ । उहाँको निजी सम्पत्ति भनेको आध्यात्मिक ज्ञान, मीठो बोली र कलात्मक प्रवचन शैली नै हो । उहाँ भक्तहरूले पत्रंंपुष्पं जे दिन्छन् हात थाप्नुहुन्छ, जस्ताको तस्तै शिक्षा र ज्ञानको क्षेत्रमा लगानी गर्नुहुन्छ । हुनेबाट लिनुहुन्छ नहुनेलाई दिनुहुन्छ । समाजबाटै लिनुहुन्छ समाजलाई नै दिनुुहुन्छ, ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये ।’ साँचो अर्थमा वैदिक साम्यवादको अनुयायी हुनुहुन्छ उहाँ ।
व्यास, वाल्मीकि आदि महर्षिका पदचिह्न पछ्याउँदै आउनुभएका ज्ञानानन्द सरस्वतीले जे जति गर्नुभएको छ समाजकै लागि गर्नुभएको छ । हालको महायज्ञ यसैको शृंखला हो । त्यसैले आउनुहोस् सबै मिलेर होस्टे हैसे गर्दै उहाँको शिवशंकल्प पूरा गर्ने प्रयास गरौं । धन हुनेहरू पत्रंपुष्पं जे सकिन्छ त्यही लिएर आऔं, मन हुनेहरू मन लिएर आऔं, तन हुनेहरू तन लिएर आऔं, कलम हुनेहरू कलम लिएर आऔं, क्यामेरा हुनेहरू क्यामेरा लिएर आऔं र गंगाजलले सूर्यलाई अर्घ दिने काम गरौं । यहाँ सहभागी हुनुभनेको जरामा पानी हाल्नु हो । जरो बलियो भए हाँगा, बिंगा, पत्र, पुष्प आफैं बलिया हुन्छन् । यसैबाट देवता, पितृ, ऋषि, मनुष्य लगायत समग्र प्राणी समुदाय सन्तुष्ट हुन्छन्, गृहस्थीमा जीवनमा गर्नुपर्ने पञ्चमहायज्ञ पूरा भई प्राकृतिक ऋणबाट मुक्त हुन सक्छौं । अस्तु, अहिलेलाई यति नै ।
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...