काठमाडौं खुलामञ्चमा एकाएक डोजर चलेपछि ... [फोटोफिचर]

बैशाख १४, २०७६

काठमाडौं- काठमाडौं महानगरपालिकाको खुलामञ्चमा निर्माण गरिएका अवैध संरचनामाथि डोजर चलाएर भत्काइएको छ ।

सरकारी जग्गा अतिक्रमण गर्दै पसल व्यवसाय गर्न घरटहरा निर्माण गरिएका छन् ।


ADVERTISEMENT

सार्वजनिक सम्पत्ति अतिक्रमण गरिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्काे विरोध भएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाएर अवैध संरचना भत्काएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिवारै संरचना भत्काउने निर्णय गर्दै डोजर खटाएका हुन् ।

तस्वीर हेर्नुहोस् : 

 

बैशाख १४, २०७६ मा प्रकाशित

गगन अर्याल

लोकान्तर मल्टीमिडिया संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस