×

NMB BANK
NIC ASIA

किरणले बनाए ‘राता मकै’ गेट

बैशाख १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- हास्य कलाकार किरण केसी ‘राता मकै’ उपनामले परिचित छन् । उनै केसीले ‘राता मकै’को नाममा प्रवेशद्धार निर्माण गरेका छन् । 

Muktinath Bank

कलाकारितासँगै विभिन्न सामाजिक काममा सक्रिय किरणले ललितपुर इमाडोलमा रहेको ‘राता मकै’ चोकमा गेट निर्माण गरेका हुन् । ‘रात मकै’ गेटलाई आइतवार बिहान ललितपुरस्थित लक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र महजोडी अर्थात वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

उद्घाटनका क्रममा मेयर श्रेष्ठले किरणले उदाहरणीय काम गरेको बताए । उनले भने, ‘आफ्नो ठाउँलाई आफैंले बनाउनुपर्छ । किरणजीको विकास निर्माणको पाटो अन्य कलाकारको लागि पनि प्रेरणा बन्नेछ ।’

Vianet communication
Laxmi Bank

यसैगरी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले किरणको जाँगरको प्रशंसा गरे । उनले भने, ‘किरण निकै फुर्तिलो छ । हरेक काम समयमा सकाउँछ ।’

त्यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि किरणले स्थानीय तहमा गरेको समाज सेवा उदाहरणीय रहेको बताए । ‘उसले यहाँ स्कूलको भवन बनाएको छ । प्रहरी भवन बनाएको छ,’ हरिवंशले भने, किरणको यस्तै कामले उसलाई देश विदेशमा मात्र होइन स्थानीय तहमा पनि लोकप्रिय बनाएको छ ।’ 

किरणले सोही स्थानमा मन्दिर, सडक, भवन, आमाबुवाको नाममा महेन्द्र आदर्श स्कूलको दुई भवन र इमाडोल प्रहरी भवन निर्माण गरिसकेका छन् । उनले प्रहरी भवन आफ्नै अध्यक्षतामा निर्माण गरेर हस्तान्तरण गरेका थिए । 

झन्डै १२ वर्ष अगाडि नामांकन भएको ‘राता मकै’ चोक र त्यहाँको ‘राता मकै’ मार्गले आफूलाई गेट बनाउन प्रेरित गरेको किरणले बताए । ‘यहाँ मैले विभिन्न स्थानमा आफूले सक्दो विकास निर्माणमा हातेमालो गरिरहेको छु । त्यसैले यहाँ गेट आवश्यक देखेकोले निर्माण गरेको हुँ’ किरणले भने, ‘यहाँ राज्यले नै रातामकै मार्ग नामांकन गरिसकेपछि मेरो यो दायित्व पनि हो ।’ 

उनले झन्डै ६ लाख रुपैयाँको लागतमा बुवा दुर्गा बहादुर केसी र आमा इन्द्र कुमारी केसीको सम्झनामा गेट निर्माण गरेको बताए । किरणले आउँदा दिनमा पनि आफू समाज सेवामा सक्रिय रहने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x