×

NMB BANK
NIC ASIA

आमाबुवालाई पछ्याउँदै चलचित्रमा ‘छोराछोरी पुस्ता’

बैशाख १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अभिनेत्री तथा निर्देशक झरना थापा तथा निर्माता सुनिलकुमार थापाकी छोरी सुहाना थापाले ‘ए मेरो हजुर ३’ मार्फत चलचित्रमा पाइला राखिन् ।

Muktinath Bank

वर्ष २०७५ को अन्तिममा प्रदर्शनमा आएको चलचित्रबाट सुहानाले राम्रै चर्चा पनि पाइन् । झरनाले छोरीलाई नै लिएर नयाँ चलचित्र ‘भागवत् गीता’ निर्माणको घोषणा गरिसकेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्ष २०७५ मै अभिनेत्री उमा ‘बेबी’ गिरीकी छोरी शिवानी गिरीले ‘कही कतै’मार्फत चलचित्रमा पाइला चालिन् । पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिषा बस्नेतले पनि गत वर्ष चलचित्र क्षेत्रमा पाइला राखिन् । निरिषा ‘जानी नजानी’बाट चलचित्रमा आएकी हुन् ।


Advertisment
Nabil box
Kumari

कलाकार किरण केसीका छोरा सुदन केसीले चलचित्र निर्देशन गरिसकेका छन् । सुदन निर्देशित चलचित्र ‘दाल भात तरकारी’ आउँदो शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।

Vianet communication
Laxmi Bank

निर्देशक तथा कलाकार अशोक शर्माले छोरा अंकितलाई अभिनेताका रुपमा चलचित्रमा भित्र्याउने तरखर गरेका छन् । उनले ‘रातो टिका निधारमा’मार्फत छोरालाई चलचित्र क्षेत्रमा भित्र्याउने तयारी गरेका हुन् ।

यी त अहिलेका केही उदाहरण मात्र हुन् । चलचित्र निर्माता, निर्देशक होस् वा कलाकार । चलचित्र क्षेत्रमा बुवाआमाको बाटोमा हिँड्ने सन्तानको संख्या उल्लेख्य छ । थुप्रै चलचित्रकर्मीका छोराछोरीले बुवाआमाको त्यहीँ बाटोलाई पछ्याएर अगाडि बढेका छन् ।

बुवाको पथमा हिँडेर आफूलाई स्थापित बनाउने अभिनेतामध्ये चर्चामा छन् अनमोल केसी । उनी अभिनेता भुवन केसीका छोरा हुन् । होस्टेलबाट प्रवेश गरी ड्रिम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ लगायतका चलचित्रमा अभिनय गरेका अनमोलको युवा पुस्तामाझ लोभलाग्दो लोकप्रियता छ । प्रदर्शनरत ‘ए मेरो हजुर ३’मा अनमोल र सुहाना मुख्य भूमिकामा छन् ।

चलचित्रमा व्यस्त तथा चर्चित अर्का सन्तान पुस्ता हुन् सलोन बस्नेत । उनी निर्देशक शोभित बस्नेतका छोरा हुन् । हलमा प्रदर्शनरत ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ दुवैमा उनको अभिनय छ ।

उनले बाल कलाकारको भूमिकाबाटै चलचित्रमा अभिनय यात्रा शुरू गरेका थिए । यद्यपि उनले अभिनेताको रुपमा ‘होस्टेल’बाट प्रवेश गरेका हुन् । अभिनेता टीका पहारीका छोरा गौरव पहारी पनि अहिलेका चलेका अभिनेता हुन् । ‘मञ्जरी’बाट चलचित्रमा प्रवेश गरेका गौरवले १ दर्जन चलचित्रमा अभिनय गरिसकेको छन् । उनी अभिनित चलचित्र ‘साइँली’ केही साताअघि प्रदर्शनमा आएको थियो । नयाँ चलचित्र ‘पसिना’ यही वैशाख २७ र ‘कुम्भकरण’ जेठ १७ गतेबाट प्रदर्शनमा आउँदैछ । 

अभिनेत्री केकी अधिकारी निर्देशक बद्री अधिकारीकी छोरी हुन् । ‘स्वर’मार्फत चलचित्रमा डेब्यू गरेकी केकीले २ दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन् । उनी गत वर्ष प्रदर्शनमा आएको कोहलपुर एक्सप्रेसबाट निर्मात्री समेत बनेकी छिन् ।

निर्देशक नारायण पुरीका छोरा संयम पुरी चलचित्र क्षेत्रमै छन् । संयमले बाल कलाकारको रुपमै दर्जन बढी चलचित्रमा अभिनय गरेका थिए । उनी अभिनेताका रुपमा अभिनय गरेको पहिलो चलचित्र ‘सायद’ हो ।
अभिनेत्री रिस्ता बस्नेत चलचित्र क्षेत्रकै परिवारमा हुर्केकी हुन् । उनकी आमा विपना बस्नेत मेकअप आर्टिस्टदेखि अभिनयमा सक्रिय छिन् । रिस्ताले आधा दर्जन चलचित्रमा अभिनय गरेकी छिन् ।

हाल अमेरिकामा रहेकी अरुणीमा लम्साल कलाकार राधा लम्सालकी छोरी हुन् । आधा दशक अगाडिको समयमा अरुणीमा चलचित्रमा व्यस्त नायिकामा पर्थिन् ।

मौसमी मल्लका छोरा बिक्की मल्लले चलचित्र ‘समय’मार्फत चलचित्रमा पाइला राखेका थिए । त्यसपश्चात उनले अर्को चलचित्र ‘साइकल’मा पनि अभिनय गरे । 

निर्देशक शिव रेग्मीकी छोरी भावना रेग्मी ‘सो सिम्पल’, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी ‘प्लान’ मार्फत चलचित्रमा उदाइन् । रागिनीले अन्य केही चलचित्रमा अभिनय गरिन् तर भावना पहिलो चलचित्रबाटै हराइन् ।

अभिनेता तथा निर्देशक जयकिसन बस्नेतकी छोरी जान्ह्वी बस्नेत पनि चलचित्र क्षेत्रमा छिन् । ‘सुब्बा सा’प’बाट चलचित्रमा प्रवेश गरेकी जान्ह्वी अभिनित चलचित्र ‘यात्रा’ हलमा प्रदर्शनरत छ ।

चर्चित बाल कलाकार अनुभव रेग्मी पनि कलाकारकै सन्तान हुन् । उनकी आमा कविता रेग्मीले थुप्रै चलचित्रमा अभिनय गरेकी छिन् । 

अभिनेत्री करिश्मा मानन्धर र निर्माता विनोद मानन्धरकी छोरी कविता पनि चलचित्रमा भित्रिन लागेकी छिन् । नायक शिव श्रेष्ठले निर्माण गरिरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत कविताले प्रवेश गर्न लागेकी हुन् । नायक शिवले यसै चलचित्रमार्फत आफ्नो छोरो शक्ति श्रेष्ठलाई पनि चलचित्रमा भित्र्याउँदैछन् । यद्यपी अहिले यो चलचित्रको काम रोकिएको छ ।

चलचित्र क्षेत्रमा बुवाआमाको पथ पछ्याउने छोराछोरीको संख्या उल्लेख्य छ । एकातिर चलचित्रकर्मीको घरको माहोलले छोराछोरीलाई त्यसतर्फ आकर्षित गरिरहेको हुन्छ भने अर्कोतिर बच्चैदेखि बुवाआमासँग सुटिङमा जाँदा छोराछोरी चलचित्रप्रति आकर्षित भएको पाइन्छ ।

धेरै चलचित्रकर्मीले आफ्नो सन्तानलाई आफू नै हिँडेको बाटोको डोर्याउन चाहेको पाइन्छ । चलचित्र क्षेत्रमा आवद्धका सन्तानले चलचित्रमा अगाडि बढ्न बुवाआमाको साथ, सहयोग र हौसला पनि राम्रो पाएको पाइन्छ ।

केही सीमितका सन्तान मात्र चलचित्रमा स्थापित छन् । धेरै सन्तान गुमनाम छन् । कोही भने अहिले पनि संघर्षरत देखिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x