×

NMB BANK
NIC ASIA

लुम्बिनी भ्रमण वर्ष : धुलाम्मे सडकमा कति पर्यटक आउलान् ?

बैशाख १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – भैरहवा–लुम्बिनी (२२ किलोमिटर) सडक अहिले धुलाम्मे छ । २ लेनको सडकलाई ४ लेनमा विस्तार गर्ने कामले अहिले लुम्बिनी घुम्न जाने पर्यटकले मुखमा ‘मास्क’ लगाउनु अनिवार्य छ ।

Sagarmatha Cement
Muktinath Bank

कपिवस्तुको तौलिहवादेखि लुम्बिनीसम्मको सडक पनि निर्माणाधीन भएकाले धुलाम्मे छ । यस दुवै सडक निर्माण गर्ने ठेकेदार कम्पनीले धिमा गतिमा काम गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी जाने पूर्वाधार निर्माणमा खासै ध्यान नदिई प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको छ । आफ्नो स्थापनाको दोस्रो वर्षमै प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्तिको मुहान लुम्बिनीबाट प्रशस्त लाभ लिने योजनामा देखिन्छ । 


Advertisment
Nabil box
Kumari

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं : शान्तिको सन्देश फैलाऔं’ नाराका साथ मनाउन लागिएको भ्रमण वर्ष कति सफल होला भन्नेमा धेरैको आशंका छ । प्रचारप्रसार अहिलेदेखि नै शुरू भएपनि भ्रमण वर्षको औपचारिक उद्घाटन जेठ ४ गते (वैशाख पूर्णिमा) लुम्बिनीमा हुनेछ । नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउन लागिएको कार्यक्रमको मुखमा प्रदेश सरकारले हतार गरेर त्यसअगाडि नै लुम्बिनी भ्रमण वर्ष मनाउन थालेको जानकारहरू बताउँछन् । 

Vianet communication
Laxmi Bank

लुम्बिनी विकास कोषको निमित्त सदस्य सचिव सरोज भट्टराईले लुम्बिनीमा पर्यटक भित्र्याउनेभन्दा पनि टिकाउने कार्यक्रम आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म पनि वार्षिक झण्डै आन्तरिक तथा बाह्य पर्यटक गरी १७ लाख मानिसहरूले लुम्बिनी घुम्छन् । तर यहाँ ३ घण्टा पनि बस्दैनन् ।’

भट्टराईले थपे, ‘लुम्बिनीमा अब वार्षिक २० लाख मानिसहरू आएको देखाउन गाह्रो छैन । तर यहाँ ३ घण्टा आउँदा पानीका बोतल, चाउचाउ, सुर्ती, झोलाका पोका फालेर फोहोर मात्र बनाएर भएन । १ रुपैयाँ पनि खर्च गर्दैनन् । कम्तिमा २ रात लुम्बिनी तथा यस आसपासका क्षेत्रमा उनीहरूलाई राख्न सक्ने कार्यक्रम आवश्यक छ ।’ लुम्बिनीमा झण्डै ७ महिना गर्मी हुन्छ । गर्मीको कारण त्यहाँ धेरै ठाउँ पर्यटक घुम्न सक्दैनन् । लुम्बिनी गुरुयोजना पनि अझै पूरा हुन सकेको छैन । 

सिद्धार्थ होटल एशोसिएसनका उपाध्यक्ष विष्णु गौतमले प्रदेश सरकारले हतारमा लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको बताए । उनले भने, ‘लुम्बिनी जाने बाटो राम्रो छैन । निर्माणाधीन छ । पुलहरूको अवस्था पनि त्यस्तै छ । कम्तिमा पूर्वाधार निर्माणको कामलाई सकेर भ्रमण वर्ष मनाएको भए पनि हुने थियो ।’

लुम्बिनीका जानकार तथा संस्कृतिविद् डा. गितु गिरीले अहिले लुम्बिनी जाने बाटोको अवस्थाले गर्दा सोचेअनुसार पर्यटकहरू आउनेमा आशंका रहेको बताए । लुम्बिनी जाने प्रमुख मार्ग सडक नै हो । भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि भइरहेको छ । गिरीले भन्छन्, ‘पूर्वाधार निर्माणको कामलाई तीब्रता दिन आवश्यक छ ।’

प्रदेश ५ सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि भ्रमण वर्ष मनाउन लागेको बताए । उनले लुम्बिनीको प्रचारप्रसारको थप आवश्यकता परेको उल्लेख गर्दै मन्त्री गिरीले प्रचारप्रसारको कमी रहेको दाबी गरे । लुम्बिनी भ्रमण वर्ष मनाउन र त्यसको तयारीका लागि मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा ७१ सदस्यीय मूल समिति बनेको छ ।

प्रचारप्रसारमा पत्रकारको टोली

लुम्बिनी भ्रमण वर्ष प्रचारप्रसार समितिका संयोजक नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिका उपाध्यक्ष भरत केसी रहेका छन् । प्रचारप्रसारमा १२ वटै जिल्लाका ४० जना पत्रकार राखिएको छ । पत्रकारको टोली एउटा पूर्वतिर र अर्को पश्चिमतर्फ प्रचारप्रसारमा निस्केको छ । पत्रकारको टोलीले सातै प्रदेशकका मुकाममा पत्रकार सम्मेलन गरी लुम्बिनी भ्रमण गर्न आउन निम्तो बाँड्दै हिँडेको छ । उनीहरू व्यानर र प्रचार सामग्री टाँस्दै हिँडेका छन् ।

लुम्बिनीमा स्तरीय होटल 

लुम्बिनीसहित बुद्धसँग सम्बन्धित क्षेत्रलाई ‘बुद्ध सर्किट’ बनाएर पर्यटन प्रवद्र्धन गरिनुपर्ने चर्चा चलेसँगै लुम्बिनीमा स्तरीय होटल खुल्ने क्रम बढेको छ । लुम्बिनी क्षेत्रमा मात्रै होटल व्यवसाय क्षेत्रमा मात्रै २ अर्बभन्दा बढी लगानी भइसकेको छ । 

तथ्यांक अनुसार लुम्बिनी आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलंकाका हुन्छन् । त्यसपछि थाइल्यान्ड, चीन, बर्मा, म्यानमार लगायतका देशहरुबाट पर्यटक लुम्बिनी आउँछन् । लुम्बिनी पुग्ने पर्यटकको संख्या बढ्दै गएपनि पर्यटकको बसाइँ अवधि लम्बिन नसक्दा पर्यटन व्यवसायी भने खासै उत्साहित छैनन् ।

लुम्बिनी आएका पर्यटक कति समय बस्छन् ?

लुम्बिनी आउने पर्यटकमध्ये २ प्रतिशत पनि लुम्बिनी बस्दैनन् । विकास कोषका अनुसार लुम्बिनी आउने पर्यटकमध्ये जम्मा १.८ प्रतिशत दिन मात्र लुम्बिनी तथा त्यसआसपास (भैरहवा) बस्ने गरेका छन् । 

औसतमा लुम्बिनी आउने पर्यटक जम्मा साढे २ घण्टा मात्र बस्छन् । यहाँ आउने पर्यटकमध्ये ९० प्रतिशत ३ घण्टा नपुग्दै फर्किहाल्छन् । ५ प्रतिशत १ रात बस्छन् भने अन्य मात्र २ रात बस्ने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । ग्रेटर लुम्बिनी (कपिलवस्तु, देवदह र राम्रगाम) मा गरी कम्तिमा २ दिन पर्यटकलाई रोक्न सके लुम्बिनी आउने पर्यटकबाट आर्थिक लाभ लिन सकिन्छ ।

भ्रमण वर्षको बजेट कति छ ?

गएको फागुन २३ मा प्रदेश सरकारले ४ करोड १९ लाख रूपैयाँ विनियोजन गरी लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णय गरेको थियो । कार्यक्रम उद्घाटन र  समापनका लागि मात्रै ८५ लाख रुपैयाँ छुट्याइएको छ ।

समिति गठन र खाजा भत्तामा ४६ लाख बजेट राखिएको छ । कार्यपत्र लेखनमा २० लाख रुपैयाँ छुट्याइएको छ । सरसफाइ र डस्टबिन खरिदमा ४० लाख रुपैयाँ र २० लाख रुपैयाँ ब्रोसर छपाइका लागि भनिएको छ । 

लुम्बिनी भ्रमण वर्ष कार्यक्रम

लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोह –२०७६ जेठ ४ गते
मायादेवी प्रसुति उत्सव —२०७६ जेठ ५ गते
लुम्बिनी फुड फेस्टिबल
सुजाता खीर उत्सव
सडक प्रदर्शनी
मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन 
मासिक फूल मून डे (पूर्णिमा) उत्सव
धार्मिक यात्रा र त्रिपिटिक वाचन
योग तथा ध्यान शिविरहरू 
स्थानीय उत्पादनहरूको बिक्रीकक्ष (कोसेली घर) को व्यवस्था

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x