×

NMB BANK
NIC ASIA

‘माया कहिल्यै पुरानो हुन्छ र ?' : किरण केसी [अन्तर्वार्ता]

बैशाख १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–यसवर्षकै प्रतिक्षित चलचित्र हो– दाल भात तरकारी । 

Sagarmatha Cement
Muktinath Bank

मह सञ्चार अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चलचित्र भएकाले पनि फिल्म प्रतिक्षित बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किरण केसी ‘राता मकै’ चलचित्रका निर्माता हुन् । महजोडी र किरणको टीमप्रति दर्शकको ठूलो विश्वास छ । यो टीमले निर्माण गरेको ‘शत्रु गते’ गतवर्षको सुपरहिट चलचित्र हो । 


Advertisment
Nabil box
Kumari

टीम बाहेक मल्टिस्टारर कलाकारको अभिनय, सार्वजनिक ट्रेलर र गीतसंगीतका कारण पनि चलचित्र प्रतिक्षित छ । तर अब त्यो प्रतिक्षा क्रमश: सकिँदै छ । सिनेमाघरमा भोलि शुक्रवारबाट चलचित्र ‘दाल भात तरकारी’ लाग्दैछ । 

Vianet communication
Laxmi Bank

चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा निर्माता किरण केसी (रातामकै)सँग लोकान्तरले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश । 

चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा छौं । कस्तो लागिरहेको छ ? 

अन्य समयभन्दा चलचित्र प्रदर्शनको समयमा धेरै तनाव हुँदो रहेछ । आजसम्म एकदमै दौडधुपमा थिएँ । प्राविधिक काम, प्रचारप्रसारको कामले फुर्सद मिलेको थिएन । त्यो काम अब सकिएको छ । आजसम्म हाम्रो चलचित्र भोलिबाट दर्शकसामु पुग्दैछ । तर दर्शकलाई निराश नबनाउने चलचित्र बनाएका छौं । त्यसैले चलचित्रलाई लिएर म आशावादी र उत्साहित छु ।  
‘दात भात तरकारी’ कस्तो खालको चलचित्र हो ? 

यो पूर्ण पारिवारिक चलचित्र हो । त्यसभित्र चलचित्रमा हुनुपर्ने हरेक मसलाहरू समेटिएको छ । चलचित्रका गीतसंगीत दर्शकले रुचाउनुभएको छ । त्यस्तै चलचित्रभित्र हाँसोको फोहोरा छ । त्यस्तै कथावस्तु उत्तिकै राम्रो छ । म चलचित्रलाई नेपालीको घरघरको कथा, व्यथा भन्छु । 

दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? के भन्नुहुन्छ दर्शकहरू ?

सबैतिरबाट एकदमै राम्रो प्रतिक्रिया पाएका छौं । दर्शकहरू चलचित्र हेर्न निकै आतुर देखिनुहुन्छ । 
मह जोडीको चलचित्रमा दर्शकको अपेक्षा र विश्वास हुन्छ । ‘दात भात तरकारी’लाई दर्शकले माया गर्नुहुने विश्वास लिएको छु । 

‘भिजिट भिषामा’बोलको गीत आइसकेपछि चलचित्रलाई लिएर केही नकारात्मक टिप्पणीहरू भएका थिए, चलचित्रले विदेश मोह दर्सायो भन्ने खालको । जुनपछि सार्वजनिक ट्रेलरमा पनि झल्किएको छ । यस विषयमा के भन्नुहुन्छ ? 

गीतलाई लिएर आँकलन गर्न मिल्दैन । चलचित्रभित्र हाम्रो कथा विल्कुलै फरक छ । म भन्छु, नकारात्मक टिप्पणी गर्नेले चलचित्रबाटै जवाफ पाउनुहुनेछ । चलचित्र हेरिसकेपछि प्रष्ट हुनुहुनेछ । 

अर्को कुरा, वैदेशिक रोजगारी र विदेश अझ भनौं अमेरिका मोहको कथा यसअघि अन्य चलचित्रले पनि उठाएका थिए । यो कथा अलि पुरानो भएन र ? 
तपाईलाई सोध्छु, माया कहिल्यै पुरानो हुन्छ ? नेपाल कहिल्यै पुरानो हुन्छ ?

देशको जल्दोबल्दो समस्या नै वैदेशिक रोजगारी, विदेश मोह हो । 

जसरी माया पुरानो हुँदैन, देश नेपाल पुरानो हुँदैन । यो समस्याका कथा पनि कहिल्यै पुरानो हुँदैन । मात्र प्रस्तुतीकरण फरक हुनुपर्छ । कथालाई हामीले भिन्न र रोचक ढंगले प्रस्तुत गरेका छौं । 

चलचित्रले कस्तो सन्देश दिन्छ ? 

निःसन्देह मह सञ्चारले बनाएको चलचित्रले पोजेटिभ सन्देश दिन्छ । 

देशमै रोजगारी सिर्जना गरौं । मानिसले जहाँ गएपनि दात भात तरकारी खानका लागि संघर्ष गर्ने हो । विदेशमा गएर त्यो संघर्ष गर्नुभन्दा स्वदेशमै, स्वदेशको माटोमै बसौं भन्ने खालको सन्देश दिन्छ । 

नेपालको सन्दर्भमा विदेश मोह कम हुन नसक्नुको कारण के होला ? 

मुख्य कारण नै सरकारले रोजगारीको सिर्जना गर्न नसक्नु हो । 

अर्को विदेश जाने चलिआएको परम्परा जस्तो भयो । आफन्त, साथीभाई विदेश गएपछि जोकोही विदेशप्रति आकर्षित बनिरहेको हुन्छ । 

तपाईंलाई चाहिँ कहिल्यै विदेश मोह जागेन ? 

म ८ पटक अमेरिका गएँ । मोह भएको भए उत्तै बस्थेँ होला । विश्वका ४२ वटा देश घुम्दा कहिल्यै त्यहाँ बस्न मन जागेन । बाहिर हुँदा जहिले पनि आफ्नै देशलाई सम्झिरहेको हुन्थेँ । मलाई आजसम्म कहिल्यै विदेश जाउँ, उतै बसुँ भन्ने लागेको छैन । 

अन्त्यमा यस चलचित्रबाट तपाईंको छोरा सुदन केसीले निर्देशनमा डेब्यू गर्नुभएको छ । एउटा बाबु भएर भन्दा पनि एउटा निर्माता भएर भन्दा उहाँको काम कस्तो रह्यो ?

मह सञ्चारले छोरा सुदनलाई डेब्यू गराउनुभयो । त्यस्तो गरिमा संस्थाले निर्देशकको जिम्मेवारी दिनु भनेको क्षमता र दक्षता देखेरै हो । छोरामा स्क्रिप्टको राम्रो ज्ञान छ । त्यस्तै टेक्निकलका कुरामा पनि राम्रो दक्षता राख्छ । पहिलो चलचित्रमा उसले धेरै राम्रो काम गरेको छ । म मात्र होइन हामी सबै उसको कामबाट एकदमै खुशी छौं । दर्शकहरु पनि उसको कामबाट खुशी हुनुहुनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x