×

NMB BANK
NIC ASIA

अपराध

प्रहरीकै पेस्तोल लुटिएको काण्डले तस्करको गोरखधन्दा पर्दाफास !

बैशाख २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम- तस्करहरूबाट आफ्नो हतियारको सुरक्षा गर्न नसक्ने प्रहरी सहायक निरीक्षक रामप्रमोद साहलाई विभागीय कारवाही हुने भएको छ । धनुषाको मुखियापट्टि मुसहर्निया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक साहलाई विभागीय कारवाही हुने भएको हो ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार साहलाई विभागीय कारवाहीको तयारी थालिएको छ । तस्करहरूसँग धक्कामुक्का हुँदा आफ्नो पेस्तोल हराएको र तस्करहरूलाई पक्राउ गर्न असफल भएको कारण साहलाई विभागीय कारवाहीको प्रक्रिया अगाडि बढाइएको एसपी खनालले लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार उनले गोली सहितको 'म्यागेजिन' डोरी लिएर बाँधेका कारण म्यागेजिन हराएन तर उनले बोकेको टाईप ५४ मोडेलको चाईनिज पेस्तोल तस्करहरूको नाइकेले खोसेर लागेका थिए । तस्करहरूका नाइके स्थानीय मनोज यादव हुन् ।


Advertisment
Nabil box
Kumari

बुधवार बिहान १ बजेर ४० मिनेटमा गस्तीका क्रममा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध तस्करी गर्न लागेको समूहलाई रोक्न खोज्दा तस्करहरूले असई साहको पेस्तोल खोसेका थिए ।

Vianet communication
Laxmi Bank

शुरूमा असई साहले पेस्तोल फिर्ता माग्न प्रयास गरे पनि साहको प्रयास विफल भएको थियो । ति तस्करहरूले पेस्तोल खोसेर भागे । त्यसपछि साहले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी गरे । त्यसपछि जिल्लाबाट प्रहरी निरीक्षक अशोक झाको टोली र राति नै प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको कमाण्डमा टोली घटनास्थल पुग्यो । भोलिपल्ट दिनमा प्रहरी उपरीक्षक खनाल आफैं पनि घटनास्थल पुगे ।

प्रहरीले तस्करीको नाइकेको पहिचान गर्यो । स्थानीय मनोज यादव, उनका बुवा पल्टन यादव र भाइ मुकेश यादवले संगठित रुपमा नेपालको रक्सी भारततर्फ निकासी गर्दै आएको भेद समेत खुल्यो । प्रहरीले त्यहाँ अनुसन्धान गर्दा एकै नाउँको रक्सी पसल तीन ठाउँमा संचालनमा रहेको पाईयो । साधना कोल्ड स्टोर्स नामले संचालन गरेको पसल त्यही गाउँ मुखियापट्टी मुसहर्नियामा तीन ठाउँमा संचालनमा रहेको पाईयो ।

'नेपाल सरकारको आन्तरिक राजश्व कार्यालयको अन्त शुल्कबाट इजाजत लिएर स्टिकर समेत टाँसेको वैध रक्सी नै त्यहाँ भण्डारण गरेर राख्ने गरेका रहेछन्,' डिएसपी महतोले भने, 'तर, त्यहाँ उनले थोक व्यापारीको अनुमति लिएको देखियो, थोक व्यापारको नाउँमा भारततर्फ रक्सी आपूर्ति गर्ने उद्देश्यले नै संचालनमा गर्दै आएको पाईयो ।'

सफर, दिलजले, उमंग, तारा, सोफी, दिलवाले नामक न्यून गुणस्तरीय रक्सी उनको पसलमा भण्डारण गरेर बोरामा कार्टुनसहित प्याकिङ गरेर राखेको अवस्थामा बरामद भएको महतोले बताए । त्यो गाउँमा कूल १६ वटा टहरामा रक्सीको पसल संचालन गर्दै आएको भए पनि प्रायः जसो सबै संचालकले रातिको समयमा भारततर्फ रक्सी पैठारी गर्दै आएको एक जना स्थानीयले बताए ।

भौगोलिक रुपले हेर्ने हो भने त्यो गाउँ मुसहर्नियाबाट भारततर्फ जानका लागि सवारी साधन पुग्ने अवस्थामा पनि छैन । गाउँसँगै नेपाल-भारतको सीमा पनि जोडिएको छ ।

त्यो स्थानमा भारततर्फ भारतीय एसएसबी (सीमा सुरक्षा बल)को चेक प्वाईन्ट पनि छैन । नेपालकोतर्फबाट प्रहरी चौकी मुखियापट्टी मुसहर्निया र तुल्सियाही जब्दी गरेर दुईवटा छुट्टाछुट्टै प्रहरी चौकी छ । प्रायः जसो दुवै चौकीका प्रहरीले संयुक्त रूपमा रातिको समयमा गस्ती गर्दै आएको प्रहरीको प्रहरीले बतायो । त्यो रात पनि संयुक्त रुपमा नियमित गस्ती गरेर तुल्सियाही चौकीका प्रहरी फर्किएका थिए  ।

'मुखियापट्टिका तीनजना प्रहरी नियमित गस्ती गर्दै गरेको अवस्थामा तस्करहरूलाई टाउकोमा बोरामा रक्सीको कार्टुन प्याक गरेर लग्दै गरेको देखेपछि असई साहले टर्च बाल्दै अगाडी बढे,' डिएसपी महतोले भने, 'तर, उनीहरू करीब २० देखि २५ जनाको संख्यामा रहेकाले असई साहको पेस्तोल खोसेर भागे ।' असई साहसँगै रहेका दुई जना अन्य प्रहरी पछाडि रहेका कारण ठुलो संख्यामा रहेका तस्करका सामु असई साह उनीहरूलाई रोक्न र आ-आफ्नो पेस्तोलको सुरक्षा गर्न असफल भए ।

'उनीहरूले त्यो पेस्तोल त्यहीं झाडीमा फालेका रहेछन् । खोजतलास गर्दै जाँदा बुधवार साँझ ६ बजेर ४५ मिनेटको समयमा धरपकड भएको स्थानबाट करिब १ सय मिटर पर खरको झाडीमा हतियार फेला पर्यो,' डिएसपी महतोले लोकान्तरलाई बताए ।

तर, प्रहरीले हतियार बरामद भएको दाबी गरेपनि घटना भने ठ्याकै त्यस्तो नभएको एक जना स्थानीयवासीले लोकान्तरलाई जानकारी दिएका छन् । घटना भएको भोलिपल्ट स्थानीय तस्कर मनोज यादवको पसलदेखि घरसम्म प्रहरीले छापा मार्यो । त्यहाँ घरका सबै सदस्य भागीसकेका थिए । घरको महिला सदस्य पनि भागेका थिए ।

तर मनोजको आमा भने घरमै थिइन् । उनी बिरामी भएका कारण कारण कम्मरमा पट्टी समेत बाँधिएको अवस्थामा भएकाले भाग्न सकिनन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय फुलगामा लग्यो । डिएसपी महतोका अनुसार बिरामी आमालाई नियन्त्रणमा लिएको नभई उनका घरका सदस्यहरू फरार भएर कहाँ लुकेका छन् भन्ने जानकारी लिन सोधपुछ मात्र गरिएको थियो ।

गाउँमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । जसका कारण गाउँका मानिसहरूमा भय र त्रासको माहोलसमेत बनेको थियो । गाउँमा रहेका सबै रक्सी पसल पनि बन्द गराइएको थियो । स्थानीय स्रोतका अनुसार त्यसपछि प्रहरीले उक्त गाउँपालिकाको वडा नम्बर १, २ र ४ का वडाध्यक्षलाई बोलाएर तस्करले सेल्टर लिएको स्थानबारे पत्ता लागाउने कोशिश गरे । असई साहको हतियार नै खोसेर लगेको कारण प्रहरीलाई तत्काल जसरी पनि हतियार फिर्ता लिनुपर्ने दबाब थियो ।

वडा नम्बर १ का वडाध्यक्ष कमिता राय यादवका श्रीमान कौशल यादवले पेस्तोल फिर्ता मगाउन पहल गरेको स्थानीय स्रोतको दाबी छ । स्रोतका अनुसार भारत बिहारको सीतामढी जिल्लास्थित खोरिया गाउँमा सेल्टर लिएर बसेका मनोजसँग उनीहरूले फोनमार्फत सम्पर्क गरे । 'पेस्तोल फिर्ता पठाईदेउ, प्रहरीले मुद्दा पनि चलाउदैंन,' भन्दै उनीहरूले फकाउन थाले । पेस्तोल खोसेर लग्नु भनेको ठुलो समस्या हो, असईको जागिर पनि जान सक्छ भन्दै उनीहरूले मनोजलाई फकाउन सफल भए ।

त्यसपछि भारतबाट एक जना भारतीय नागरिकमार्फत पेस्तोल फिर्ता गराइयो । पेस्तोल लिएर फर्किएका एक जना भारतीय नागरिकले पेस्तोल मनोजको रक्सी पसलको करीब ३५ मिटर पश्चिमको झाडीमा राखेर गएको सबैले देखेको स्थानीय स्रोतले बतायो । तर, प्रहरीले भने झाडीमा खसेको हतियार फेला परेको दाबी गरेको छ ।

हालसम्म तस्करहरूमध्ये कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । सबै फरार छन् । तस्करहरूले तस्करी गर्न लगिरहेका अवस्थामा फालेको १४ वटा बोरामा ४२ कार्टुन रक्सी प्रहरीले बरामद गरेको छ । त्यसका अतिरिक्त तयारी अवस्थामा रहेको २ सय ४० कार्टुन रक्सी समेत बरामद गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको डिएसपी महतोले बताए ।

'उनीहरूमाथि कुन मुद्दा चलाउने भन्ने शीर्षक खोजिरहेका छौं,' डिएसपी महतोले भने, 'उनीहरूलाई तस्करीसँगै सरकारी सम्पत्ति खोसेको लगायत विभिन्न मुद्दा चलाउने तयारी भईरहेको छ ।'

भारतको विहार सरकारले रक्सी सेवन तथा ओसार पसारमा प्रतिबन्ध लगाइएको छ । तर अहिले लोकसभाको चुनावको समयमा रक्सीको माग अत्यधिक रहेकाले नेपालबाट रक्सीको तस्करी बढेको प्रहरीले दाबी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x