×

NMB BANK
NIC ASIA

काठमाडौं – नागरिकको मौलिक अधिकारमध्ये सूचनाको हक पनि समावेश छ ।

Muktinath Bank

सूचनाको हकसम्बन्धी नियमावली २०६५ को नियम २५ ले व्यवस्था गरेअनुसार राष्ट्रिय सूचना आयोगले इजलास सञ्चालन सम्बन्धी निर्देशिका २०७५ बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूचनाको हक सम्बन्धी ऐन र नियमावलीले सार्वजनिक निकायबाट सम्पादन हुने सार्वजनिक सरोकारका विषय सम्बन्धी सूचना नागरिकले प्राप्त गर्ने व्यवस्था गरेको छ । नागरिकलाई आवश्यकता पर्‍यो भने उसले कानूनसम्मत तरिकाले प्रक्रिया पूरा गरी सूचना प्राप्त गर्न सक्ने छ ।


Advertisment
Nabil box
Kumari

राज्यले व्यवस्था गरेको अन्य न्यायिक अदालत जस्तैः जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतभन्दा सूचना आयोगले भिन्न तरिकाले न्याय सम्पादन गर्छ । सामान्यतया नेपाली नागरिकले आफूलाई आवश्यक परेको सूचना सम्बन्धित कार्यालयमा २ चरणमा माग्न पाउने अधिकार राख्छ ।

Vianet communication
Laxmi Bank

सूचना आयोगका सूचना अधिकारी बाबुराजा श्रेष्ठले सम्बन्धित कार्यालयबाट सूचना प्राप्त नभएपछि मात्रै निवेदकले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न आउने व्यवस्था भएको बताए । 

‘पहिला सूचना आयोगको पुनरावेदन शाखाले मिसिल तयार पार्छ र इजलाससामु पेश गर्छ । इजलासमा तीनै जना आयुक्तहरू बस्नुहुन्छ । इजलास सञ्चालन सम्बन्धि निर्देशिका २०७५ को परिच्छेद २ ले इजलास बस्ने समय र आयुक्तहरूको पोशाकको सम्बन्धमा समेत आवश्यक नियमको व्यवस्था गरिएको छ । उहाँहरू सोही बमोजिम इजलाशमा बस्नुहुन्छ,’ उनले भने ।

राष्ट्रिय सूचना आयोगका कानून उपसचिव बाबुराम पाण्डेले भने, ‘हालसम्मको सूचना आयोगको अभ्यासमा इजलास सञ्चालन गर्दा पक्ष–विपक्षी र निजी वकिल राख्नुपरेको अवस्था छैन । हामीले निवेदकको निवेदनको आधारमा लिखित रुपमा नै प्रक्रिया अगाडि बढाएर फैसलासम्म पुग्ने गरेका छौं ।’

‘निवेदकको निवेदनमाथि आवश्यक पर्‍यो भने मात्रै आयोगले दुवै पक्षलाई राख्न सक्छ अन्यथा आयुक्तबीच मात्रै इजलास सञ्चालन हुन्छ,’ उनले भने ।

आयोगका सूचना अधिकारी बाबुराजाले आयोगमा परेको निवेदनमाथि अध्ययन गरी आयुक्तले सम्बन्धित विपक्षलाई सूचना नदिनुको कारणको माग गर्ने निर्र्णय गर्ने बताए । ‘सामान्यतयाः हालसम्मको अभ्यासमा कारण देखाऊ आदेश अन्तर्गत नै ५० प्रतिशतभन्दा बढीको सूचना प्राप्त हुने गरेको छ,’ श्रेष्ठले भने ।

‘यदि प्राप्त गरेको सूचना निवेदकलार्ई चित्त नबुझेमा उसले आयोगसमक्ष पुनः उजुरी गर्छ र आयोगले त्यस निवेदनमाथि पुनः इजलास राखी अध्ययन गरी आवश्यक आदेश जारी गर्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x