×

NMB BANK
NIC ASIA

दुईतिहाइको अखडामै चरम ढिलासुस्ती : दोष सरकारमाथि, ठेकेदारलाई हाइसञ्चो !

बैशाख ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सिंहदरबार सरकारको प्रशासनिक केन्द्र हो । दुईतिहाइ बहुमत प्राप्त वर्तमान शक्तिशाली सरकारको अखडा सिंहदरबारमै चरम ढिलासुस्ती हुन्छ भनेर सहजै पत्याउन गाह्रो हुन्छ । तर चरण ढिलासुस्ती सरकारका प्रधानमन्त्री र मन्त्रीकै आँखा अगाडि भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सिंहदरबारको मुख्य भवनको पुनर्निर्माण १८ महिनामा सक्नुपर्ने भएपनि काम सकिने छाँटकाँट छैन । तोकिएको अवधिको १२ महिना सकिँदासम्म पुनर्निर्माण बल्ल ३० प्रतिशत सकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका ईन्जिनियर सुरेन्द्र वैद्यले १८ महिनामा काम सम्पन्न गर्ने गरी शर्मा न्यू टेक्निकल जेभी कुपण्डोल ललितपुरसँग २०७५ जेठ २० गते आयोजना सम्झौता गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

दिनदिनै प्रधानमन्त्री र मन्त्रीको नजर पर्ने पुनर्निर्माणको कामलाई समयमै सक्न कसैले चासो देखिएको देखिँदैन । दुईतिहाइको शक्तिशाली सरकारले एउटा निर्माण व्यवसायीसँग आफ्नै अखडामा तोकिएको समयमै काम गराउन नसक्ने अवस्था छ । निर्माण कम्पनी शर्मा न्यू टेक्निकल जेभीले उल्टै सरकारी निकायमाथि नै ढिलासुस्तीको आरोप लगाएको छ ।

Vianet communication
Laxmi Bank

‘हामीले सम्झौता गरिसकेपछि ९ महिनामा नै काम सक्ने जानकारी दिएका थियौं र सम्पूर्ण तयारी पनि गरेका थियौं । कुनै सामग्री र श्रमशक्तिको कमी नगरेर हामीले काम प्रारम्भ गर्‍यौं तर पुनर्निर्माण प्राधिकरण कार्यालयको कारणले नै काम गर्न सकेनौं,’ शर्मा न्यू टेक्निकल जेभीका सञ्चालक लक्ष्मी सुवेदीले भने, ‘यो नयाँ प्रकृतिको काम पनि थियो, हामीले छिटो र राम्रो ढंगले सम्पन्न गरेर हस्तान्तरण गर्न चाहेका थियौं । त्यसो गर्दा हामीलाई धेरै फाइदा हुनेवाला थियो तर पुनर्निर्माण प्राधिकरणले हामीले काम गर्ने ठाउँबाट आफ्नो कार्यालय नै खाली गर्न सकेन, जसका कारण हाम्रो काममा पूरै बाधा पुगेको छ ।’

अझैं पनि ७ महिना बाँकी रहेकाले काम गर्न सजिलो अवस्था आए समयमै काम गर्न सक्ने सम्भावना रहेको सञ्चालक सुवेदीले बताए । ‘पुनर्निर्माण प्राधिकरणको कार्यालय अभावका कारण कतिपय कार्यालय सम्बन्धी काम सोही भवनबाट भइरहेकाले द्रूतगतिमा काम गर्न अप्ठ्यारो भएको’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख नवराज प्याकुरेलले बताए ।

सरकारी निकायले तोकिएकै समयमा निर्माण सम्पन्न हुने वातावरण बनाउनुपर्ने हो । तर सरकारी अधिकारी उल्टै सामान्य बहाना देखाएर निर्धक्क साथ दोष आफैंमाथि थुपारिरहेका छन् । यसले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई हाइसञ्चो भएको छ ।

निर्माण कार्यमा भइरहेको व्यवधान फुकाउनेबारे इकाईका प्रमुख नवराज प्याकुरेलले भने, ‘पुनर्निर्माण प्राधिकरणको कार्यालयको लागि अहिले सिंहदरबार परिसरभित्र नै नयाँ प्रिफ्याव भवन तयार भइरहेको छ ।

अबको १ हप्तामा सायद निर्माण प्रक्रिया पूर्णरुपमा सकिन्छ र त्यसपछि प्राधिकरणले पूरै ठाउँ खाली गरेपछि कन्ट्रयाक्टरले द्रूतगतिमा काम अगाडि बढाउला ।’ हालसम्म काम गर्ने ठाउँ दिन नसकेर ठेकेदारले समय अनुसारको काम गर्न नसकेको प्याकुरेलले बताए ।

भवन निर्माण गर्न २१ करोड ४९ लाख ६८ हजार ५३ रुपैयाँ लागत रकममा निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । ठेकेदारको लापरवाहीका कारण देशभरका अधिकांश ठेक्कामा ढिलासुस्ती भइरहेको अवस्थामा संघीय सरकारको अखडा सिंहदरबारभित्रै नाजुक देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x