प्रभू बैंकको रामनगर एक्स्टेन्सन काउन्टर सञ्चालनमा

जेठ ३, २०७६

काठमाडौं – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरमा श्रम तथा रोजगार कार्यालयको परिसरमा शुक्रवारदेखि प्रभू बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले एक समारोहबीच बैंकको रामनगर एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि बालकृष्ण थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार शुक्रवारैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी गराउँदै कार्यालयमा आउने सेवाग्राहीलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभू बैंकसँग आवश्यक सहमति गरी बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बताए ।

शुक्रवारदेखि सञ्चालनमा आएको बैैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

जेठ ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस