जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठनद्वारा सम्मानित

जेठ ३, २०७६

काठमाडौं – जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (एसएआईएल) द्वारा सम्मानित भएको छ ।

मे महिनामा भारतको राजधानी नयाँदिल्लीमा आयोजित कस्टमर फेलिसिटेसन मिट २०१९ कार्यक्रममा जगदम्बा स्टील्स् एसएआईएल कम्पनीको विश्व बजारको २०१८/२०१९ सत्रमा सर्वोत्कृष्ट प्रदर्शनका लागि सम्मानित भएको हो ।


ADVERTISEMENT

कार्यक्रममा उपस्थित रहेका जगदम्बा स्टील्स्का प्रमुख शंकरलाल अग्रवालले उक्त सम्मान स्टील्स् अथोरटी अफ इन्डियाका अध्यक्ष तथा प्रबन्धक निर्देशक अनिलकुमार चौधरीबाट स्वीकारेका थिए । नेपालको तर्फबाट निर्यातको श्रेणीमा मनोनयित हुने जगदम्बा एक मात्र कम्पनी रहेको थियो । 

एसएआईएलले आफ्ना माननीय ग्राहकप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले उक्त किसिमको कार्यक्रम आयोजना गरेको हो । यस विशेष कार्यक्रम उक्त संगठन र यसका मूल्यवान् ग्राहकबीच  चिरस्थायी सहकार्यप्रति समर्पित गरिएको थियो । 

जेठ ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस