शिक्षक र विद्यार्थीलाई पुर्खादेखि चलेको परम्परागत पोशाक अनिवार्य !

जेठ ४, २०७६

राजापुर – बर्दियास्थित नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले विद्यार्थी र शिक्षकलाई आफ्ना पुर्खाले लगाउँदै आएको परम्परागत पोशाक महिनाको १ दिन अनिवार्य लगाउन भनेको छ ।

विद्यालयले बालबालिकालाई आफ्नो भेषभूषा र कला संस्कृतिबारे जानकारी गराउनका लागि परम्परागत पोशाक लगाउन लगाएको हो । 


ADVERTISEMENT

विद्यालयले विद्यार्थी र शिक्षक हरेकले महिनाको १ दिन आ–आफ्नो परम्परागत पोशाकमा विद्यालय आउने र त्यसदिन कला संस्कृतिको जगेर्ना गर्नका लागि अतिरिक्त त्रियाकलापका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत गर्ने गरेका छन् ।

परम्परागत पोशाकमा शिक्षक र विद्यार्थी देखेपछि अभिभावक पनि हर्षित भएका छन । हामीले बिर्सन लागेको संस्कृति विद्यालयले सम्झाउन लागेको मधुवन नगरपालिका–४ का गुलावलाल थारूले बताए ।

विद्यार्थीलाई अनुशासित र सुसंस्कृत बनाउनाका साथै परम्परागत मूल्य र मान्यता सिकाउनका लागि परम्परागत पोशाक लगाउन लगाइएको विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए ।

जेठ ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस