फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आत्मरतिमा रमाउने मानिस दुईथरीका हुन्छन् : एक खुलेआम, अर्को भित्रभित्रै । पंक्तिकारलाई पनि आत्मरतिमा रमाउने व्यक्ति भने पनि फरक पर्दैन । जोसुकैले जेसुकै भनून् वा सोचून्, ओली सरकारको प्रमुख सल्लाहकार किन म हुनुपर्थ्यो जस्तो लाग्छ भने यस सरकारको हालको काम मलाई मनै परेको छैन । अँ साँच्ची, तपाईंहरूलाई अरूले गरेको कुनै काम मन परेन भने त्यो ठाउँमा म भएको भए क्या मजासँग यस्तो यस्तो आइडिया लगाएर गर्थें वा गर्न लगाउँथें भन्ने सोच आउँछ नि हैन ? हो, आजभोलि मलाई पनि त्यस्तै सोचहरू मात्र आउँछन् ।
पहिलो सोच, विष्णु रिमाल भन्ने प्रधानमन्त्रीका एकजना सल्लाहकार छन्, झट्ट हेर्दा अन्तर्मुखी जस्तो देखिए पनि साँचो अर्थमा उनी अभिमानी हुन् । उनको कार्यशैलीबाट धेरैजना असन्तुष्ट रहेको बताइन्छ । कर्मचारी प्रशासनमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप उनीमाथि लाग्दै आएको छ । प्रधानमन्त्री ओलीको आसपासमा अन्य केही पात्रहरू पनि उनी जस्तै छन् । तिनको नाम अहिले नलिऊँ होला ।
यो सरकारले चटक देखाउनका लागि थिंक ट्यांक अर्थात् मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक मामलामा नीतिगत सुधारको सुझाव दिन ७ महिनाअघि प्राध्यापक चैतन्य मिश्रको संयोजकत्वमा नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको थियो । तर सल्लाह दिनेहरूमा परिचारकहरू नै हावी भएपछि मिश्रले आफ्नै कारण जनाउँदै राजीनामा दिएका छन् । तर वास्तविक कारण अर्कै थियो ।
दोस्रो सोच, आफ्नो हातमा सबै डाडुपन्यू, थाल, गिलास, बटुको सबै हुँदा पनि किन सरकारले दुईतिहाइ जनमतको उपहास गरिरहेको छ त ? मुख्य कुरा यो हो । जस्तो कि हालसालै गृहमन्त्री रामबहादुर थापाले स्व. मदन भण्डारीको दुर्घटना प्रकरणबारे छानबिन भइरहेको हास्यास्पद टिप्पणी गरेका छन् । उनलाई यो कुरा बोल्न बाध्यता छ कि बेसुरमा बोलेका हुन्, यसै भन्न सकिन्न । तर प्रहरी उच्च स्रोतका अनुसार, भण्डारी दुर्घटना प्रकरणमा अहिले कुनै त्यस्तो छानबिन चलिरहेकै छैन । यो बरू उनीहरूकै शब्दमा च्याप्टर क्लोज भइसकेको मुद्दा हो । राष्ट्रिय अनुसन्धान विभागका उच्च स्रोतका अनुसार पनि गृहमन्त्रीको त्यो टिप्पणी हचुवाको भरमा आएको र कुनै अनुसन्धान जारी नरहेको छ । न रहे बाँस, न रहे बाँसुरी भने जस्तो मदन भण्डारी दुर्घटना प्रकरण उनको शवसँगै सेलाएको छ । तर बादल किन बेसुरमा बर्बराएर हास्यपात्र बनेका छन् ? कम्तीमा म चाहिँ त्यस्तो सल्लाह दिन्नथिएँ ।
तेस्रो, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सडकमा जहाज अवतरण गर्न सकिने गरी राजमार्गको स्तर उन्नति लगायत कैयौं हास्यास्पद कुरा लेखिएका छन् । तिनको धेरै चर्चा नगरौं । सडकको मात्र कुरा गरौं । कम्तीमा विमानस्थल बाहिरको सडक गौशालातिरसम्मको बाटो राम्रो बनाए हुने । त्यता जाँदा कस्तो लाज हुन्छ ! विदेशीहरू भेडाबाख्रा जस्तो मानिसहरूको ताँती देखेर हाँस्दै फोटो खिच्छन् । मलाई भने त्यो दृश्य देखेर लाज लाग्छ ।
कम्तीमा सडकको विस्तार गाडी गुड्न मिल्ने गरी बनाउने कुरा गरौं । त्यसो गरे भीआईपी, भीभीआईपीले यात्रा गर्दा सडक नै बन्द गर्नुपर्दैन । जे चल्छ, सिस्टमले चल्छ । तर यो कुरा बुझ्दैनन् शासकहरू ! सडकमा विमान अवतरण गर्न मिल्ने बनाउने भाषण गर्छन् । आलोचनायोग्य यस्तो सल्लाह दिने मनुष्य को होला ? अब चौथो, पाँचौं, छैठौं भने नलेखौं होला ।
बुद्धिजीवी र मिडियाको कुरा नसुन्ने बरू उनीहरूसँग पौंठेजोरी खेल्ने प्रम ओलीका सहायकहरूको काम भएको छ । मन्त्रीहरू फिल्म हेर्ने र कुन सेलेब्रिटीले फेसबूकमा पैसा उठाएर समाजसेवा गर्छ र त्यो मेरो हातबाट बाँड्न लगाउँछ भन्ने ध्याउन्नमा छन् । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अमेरिकामा पत्रकारलाई फाँसी दिने गरिन्छ भन्ने जस्ता विवादास्पद अभिव्यक्ति दिएर हिँडेका छन् । उनको धम्की सुनेर आफू कहिल्यै समाचार नलेख्ने तर अरूले कहिले के लेख्छ र आलोचना गरौंला भनेर मुख आँ गरेर बसेका स्वघोषित पत्रकारहरू डरले लगलग काँपेर बसेका छन् । हाम्रै छिमेकी देश चीनमा भ्रष्टाचारीलाई फाँसी दिने गरिन्छ भनेर चाहिँ कहिल्यै भन्दैनन् ।
वास्तवमा गलत सल्लाहकारहरूको चंगुलमा फसेको छ ओली सरकार । यही कारण जनतामाझ लोकप्रिय बन्ने अपेक्षा राखिएका ओलीको नूर गिरेको छ । प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने क्रममा संसदमा जुन किसिमको हंगामा भयो र प्रमको अहंकार प्रस्तुत भयो, यो यसैको प्रतिफल हो भनेर बुझ्नुपर्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको ओली सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्दले बजार ततायो । शुरूमा त्यो मेरो शब्द भन्ने सत्यता नेकपाकै अध्यक्ष प्रचण्डले भनेका छन् । बाँदर बाठो भयो भने के जाति च्यापिएर मर्छ भने जस्तो को को बाठो भएर के के गरे, कस्तो शब्द किन घुसाए, त्यो पनि छानबिन हुनुपर्छ ।
कामकुरो एकातिर, सरकार निरंकुशतातिर
अहिले प्रेसलाई बन्धक बनाउने मिडिया विधेयकका बारेमा चर्का कुरा देखिएका छन् । जजसले चर्को विरोध गरेको छ, तिनै यो विधेयक गराउन सक्रिय थिए । २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता–२०७४ का प्रावधानले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै विरोध चुलियो । सूचनाको हकमाथि पनि अंकुश लगाइएको भनेर पत्रकारहरू विरोधमा उत्रिएका थिए । देशैभरका पत्रकारहरू विरोधमा उत्रिए । उनीहरूको पेशागत हकहितका लागी यो स्वाभाविक पनि छ । सबैभन्दा पहिलो प्राथमिकता भनेको पेशा नै हो, हुनुपर्छ । पेशाको मर्यादा सबैले राख्नुपर्छ । मिडिया विधेयकका कारण प्रेस स्वतन्त्रतामा खतराको घण्टी बजेको कुरा एकदमै सत्य हो ।
पत्रकारहरूको घोर विरोध साम्य पार्न सरकारले २७ भदौमा पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रमले केही सम्पादकहरूलाई बालुवाटार निवास बोलाएर कन्भिन्स गर्ने प्रयास नगरेका पनि हैनन् । तर उनी सफल हुन सकेनन् ।
त्यस कार्यदलले १४ मंसिर २०७५ मा सञ्चार तथा सूचनाप्रविधि मन्त्री बाँस्कोटालाई प्रतिवेदन बुझाएको हो । केही व्यक्तिको उक्साहटमा सञ्चारमन्त्री बाँस्कोटाले विधेयकको प्रतिरक्षा गर्न ‘अमेरिकामा पत्रकारलाई मृत्युदण्ड समेत हुन सक्ने कानूनी व्यवस्था रहेको’ भन्ने हास्यास्पद टिप्पणी गरेका थिए । नेपालको संविधानमा मृत्युदण्डको व्यवस्था नै छैन । सरकारका प्रवक्ताले पत्रकारलाई मृत्युदण्डको शब्द समेत कसरी उच्चारण गरेका होलान् ?
अवसरवादीका लागि रामराज्य
यिनै ससाना कुरालाई प्रमले चाहेमा सजिलै व्यवस्थापन हुन सक्छन् । तर हिजोआज केपी ओली सरकारको आलोचना नभएको कुनै ठाउँ नै छैन । प्रधानमन्त्री ओलीबाट भरपूर फाइदा लिएका केही अभिजात्य वर्ग र चाकडीबाजहरू बाहेक अरूले ओली सरकारको आलोचना गरेकै छन् ।
एउटा कथन छ, एउटा नेताले पाँच वर्ष पछि मेरो पार्टीले फेरि चुनाव जित्छ भनेर प्रचार गर्छ । तर एउटा राजनेताले मेरो कार्यकालमा जनताले के पाए भनेर आफ्नो समीक्षा गर्छ । अर्को चुनावमा जित्ने धम्की दिएर हालको दुईतिहाइ सरकारले गरेका निम्छरो कामको न्याय कसरी हुन सक्छ ।
यो दुईतिहाइको कम्युनिस्ट सरकारले जनताका तमाम इच्छा र आकांक्षाहरूको सम्बोधन गर्न सकिरहेको छैन । यस्तो तर्क राख्यो भने नीति नियम बनाउनमै एक वर्ष बित्यो भन्ने बनिबनाउ उत्तर हात लाग्छ । यस्तो टीठलाग्दो दयनीय अवस्थामा म जस्तो क्षमतावान मान्छेलाई ओली सरकारले सल्लाहकार बनाउनुपर्छ भन्ने मेरो माग नाजायज हो र ? पक्कै पनि हैन ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...