एनआईसी एशियाको नयाँ शाखा धनुषामा

जेठ ५, २०७६

धनुषा- एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय आइतवारदेखि सञ्चालनमा ल्याएको छ । 

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 


ADVERTISEMENT

बैंकले मुलुकभर रहेका २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकका करीब १६ लाख ग्राहक छन् । 

जेठ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस