पायल्सको उपचार, आन्द्रामा प्वालः भारतीय सेना बन्ने सपना संकटमा

जेठ ६, २०७६

कास्की– भारतीय सेना बन्ने सपना बोकेका पोखरा अर्चलबोटका १९ वर्षीय श्रीप्रसाद पुन यतिखेर अस्पतालको बेडमा छन् ।

 पायल्सको उपचार गर्दा आन्द्रामा प्वाल परेपछि उनले मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका हुन् । पायल्स र फिस्टुलाको उपचार गर्ने क्रममा चिकित्सकको लापरबाहीले आन्द्रामा प्वाल परेको आफन्तको आरोप छ । 


ADVERTISEMENT

भारतमै दस जोड दुई उत्तीर्ण गरी पोखरा फर्किएका उनी भारतीय सेनामा भर्ती हुने तयारीमा थिए । बुबा चामबहादुर पुन अवकाशप्राप्त भारतीय सेना भएकैले उनमा पनि मोह थियो । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ । 
 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस