घट्यो सुनचाँदीको भाउ, कतिले हुँदैछ कारोबार ?

जेठ ६, २०७६

काठमाडौं- सोमवार सुनचाँदीको भाउ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर ५९ हजार ५ सयमा कारोबार भइरहेको छ । 


ADVERTISEMENT

त्यस्तै तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर ७०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस