इंग्ल्याण्डविरुद्ध खेलिरहेका पाकिस्तानी क्रिकेटर आसिफ अलीलाई पुत्रीशोक

जेठ ६, २०७६

एजेन्सी-इंग्ल्याण्डविरुद्ध एक दिवसीय शृंखला खेलिरहेका पाकिस्तानी मध्यक्रमका ब्याट्स्‌म्यान आसिफ अलीको छोरीको निधन भएको छ । आसिफ अलीकी छोरीको क्यान्सरको कारण निधन भएको हो । उनको अमेरिकामा उपचार हुँदै थियो । पाकिस्तान सुपर लीगमा अलीको टीम इस्लामाबाद युनाइटेडले आधिकारिक रूपमा यसको पुष्टि गरेको हो । 

इस्लामाबाद युनाइटेडले आइतवार राति ट्वीट गर्दै अलीको छोरीको निधनप्रति संवेदना व्यक्त गरेको हो । 


ADVERTISEMENT

३० मेदेखि शुरू हुन लागेको विश्वकपका लागि पाकिस्तानको प्रारम्भिक टीममा नपरेका आसिफ अली अब भ्रमण छोट्याएर इंल्याण्डबाट पाकिस्तान फर्कनेछन् । २७ वर्षीय आसिफ अली आइतवार हेडिंग्लेमा इंल्याण्डविरुद्ध पाँचौं अर्थात् अन्तिम एक दिवसीय खेलमा २२ रन बनाएर आउट भएका थिए । पाकिस्तानले इंग्ल्याण्डसँग शृंखला ४-० ले गुमाएको छ । 

मध्यक्रममा ब्याट्स्‌म्यान आसिफले हालसम्म १६ वान-डे मा ३१.०९ को औसतमा ३४२ रन बनाएका छन् । उनले इंग्ल्याण्डविरुद्धको यस सिरिजको चार खेलमा दुई अर्धशतकको मदतमा १४२ रन बनाए । 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस