भौतिक पूर्वाधार मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

जेठ ६, २०७६

धादिङ- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन् ।  

गजुरी गाउँपालिका भवनको सोमवार गजुरीमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेललले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना सङ्घीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह गरे ।


ADVERTISEMENT

समानुपातिकको नाममा वितरणमुखी होइन कि समानुपातिक विकास गर्न र रोजगारमूलक योजना निर्माण गरी लागू गर्न गाउँपालिकालाई उनले आग्रह गरे । 

गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले समृद्ध नेपाल सुखी नेपाली बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस