कपिल शर्मा पिता बन्ने !

जेठ ६, २०७६

काठमाडौं – कमेडियन कपिल शर्मा अहिले आफ्नो शो द कपिल शर्मा शोमा व्यस्त छन् । उनको शो अहिले टीआरपी रेसमा शीर्ष स्थानमा छ ।

कपिलले व्यावसायिक जीवनमा प्रगति गरिरहेकै छन् । अब उनको निजी जीवनमा पनि प्रगति हुने खबर आएको छ । 


ADVERTISEMENT

कपिलकी पत्नी गिन्नी चतरथ गर्भवती भएको खबर आएको हो ।

तर कपिल र उनको परिवारका तर्फबाट आधिकारिक खबर आइसकेको छैन । कपिलको घरमा शिशुको स्वागतको तयारी चाहिँ बढेको बताइएको छ । 

कपिलले सन् २०१८ को डिसेम्बर १२ मा आफ्नी पुरानी साथी गिन्नीसँग विवाह गरेका थिए । अब उनीहरूको सन्तान हुन लागेको खबरले प्रशंसकहरूलाई खुशी बनाएको छ । 

कपिललाई हालै वर्ल्ड बूक अफ रेकर्ड्सले सबभन्दा बढी हेरिने स्ट्यान्ड अप कमेडियनको कीर्तिमान दिएको छ ।

एजेन्सी
 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस