कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरू गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी (राजपा) सांसदहरूले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो ।
सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन हुनुपर्ने बताउँदै पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठन भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिन् । यथाशीघ्र सार्वजनिक नगरिए फेरि राजपा आन्दोलनमा उत्रन बाध्य हुने उनले बताइन्
सभाको शून्य समयमा सांसद अतहरकमाल मुसलमानले नर्स आन्दोलनमा उत्रँदा धेरै स्वास्थ्य संस्थामा समस्या आएकाले त्यसको समाधान गर्नुपर्ने माग गरे ।
सांसद अनिलकुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग पूरा गर्न सरकारसँग माग गरे ।
सांसद अमरेशकुमार सिंहले उखु किसानले मूल्य नपाएको उल्लेख गर्दै कसको मिलिभगतमा पीडित भएका हुन् भनी प्रश्न गरे ।
सांसद आशाकुमारी विकले सुदूरपश्चिमको गौरवको आयोजनाको कार्यप्रगति कछुवा गतिमा भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् ।
सांसद उमेशकुमार श्रेष्ठले शिक्षकको खाली दरबन्दी पूर्ति गर्न माग गरे ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...