कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप शुरू हुन लागेको छ र त्यसमा भाग लिने सबै १० टीमले आफ्नो सर्वोत्कृष्ट टोली र रणनीति बनाइरहेका छन् ।
यसपालिको विश्वकप कसले जित्ला भनी अनेकथरी अनुमानहरू आइरहेका छन् ।
यसै क्रममा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले यसपालि इंग्ल्यान्डको चान्स उच्च रहेको बताएका छन् ।
इंग्ल्यान्डले अहिले कप्तान इयोज मोर्गनको नेतृत्वमा एकदिवसीयमा अद्भुत खेल प्रदर्शन गरिरहेको छ । विगत दुई वर्षयता इंग्ल्यान्डको टोली निकै बलियो भएर आएको छ ।
इंग्ल्यान्डको ब्याटिङ निकै खतरनाक छ र जुनसुकै बलिङ आक्रमणलाई पनि रुवाउन सक्ने क्षमता राख्छ । आफ्नै गृहमैदानका फ्ल्याट पिचमा जित्ने आशा इंग्ल्यान्डले पालेको छ ।
दुईपटक अस्ट्रेलियालाई विश्वकप जिताएका पोन्टिङले इंग्ल्यान्डको हालैको फर्म र गृहमैदानको फाइदाका कारण अरूभन्दा निकै अगाडि रहेको बताएका छन् ।
‘म दुई कारणले गर्दा इंग्ल्यान्ड छान्छु । इंग्ल्यान्डले एकदिवसीयमा अहिले निकै राम्रो खेल्न थालेको छ र विश्वकप पनि इंग्ल्यान्डमै हुन लागेको छ । त्यसैले उनीहरूलाई फाइदा हुन्छ नै । तर उनीहरूलाई भारत र अस्ट्रेलियाले चुनौती दिनेछन् ।’
हालै उसले पाकिस्तानलाई पाँच एकदिवसीय खेलको शृंखलामा ४० ले हराएको थियो र प्रत्येक खेलमा ३०० भन्दा बढी रन बनाएको थियो ।
यसपालिको विश्वकप राउन्ड रोबिन फर्म्याटमा खेलिनेछ । यसको अर्थ हुन्छ, प्रत्येक टीमले सबै नौवटै टीमसँग कम्तीमा एकपटक भिड्नुपर्नेछ ।
इंग्ल्यान्डको सम्भावना भए पनि अरू बलिया टीमले उनीहरूलाई हराउन सक्ने पोन्टिङको भनाइ छ ।
अस्ट्रेलियामा स्टिभ स्मिथ र डेभिड वार्नर फर्किएकाले उनीहरू पनि निकै खतरनाक टोली बनेको पोन्टिङले टिप्पणी गरे ।
एजेन्सी
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...