घोडाजसरी दौडिने महिला भइन् सामाजिक सञ्जालमा भाइरल (भिडियो)

जेठ ६, २०७६

काठमाडौं – नर्वेकी एक महिला घोडा जसरी अर्थात् हातपाउ टेकेर पनि तीव्र गतिमा दौडिन सक्छिन् । उनी यसरी दौडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

इन्स्टाग्राम अकाउन्टमा महिलाले यसरी दौडिएको अनेकौं भिडियो पोस्ट गरेकी छन् । 


ADVERTISEMENT

महिलाको नाम आयला कर्स्टन हो । 

भिडियोमा उनी कच्ची बाटो र खेतमा दौडिरहेको देखिन्छिन् । उनले सजिलै छलांग हान्ने गरेको देखिन्छ ।

इन्स्टाग्राममा ट्रोल भएपछि उनले पोस्ट नगर्ने निर्णय गरेकी थिइन् तर केही समयपछि फर्किएकी छन् । तर यसरी दौडिने कर्स्टन पहिली महिला हैनन् । आन्ना स्ल्यान्डर नामक महिलाले पनि सन् २०१३ मा हातखुट्टा टेकेर दौडिएको भिडियो शेयर गरेकी थिइन् ।

एजेन्सी

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस