हलिउड अभिनेता आर्नोल्ड स्वार्जनेगरले ढाडमा भेटे फ्लाइङ किक (भिडियो)

जेठ ६, २०७६

काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्व गभर्नर तथा हलिउड स्टार आर्नोल्ड स्वार्जनेगरलाई दक्षिण अफ्रिकामा एक खेलकुद कार्यक्रममा एक व्यक्तिले पछाडिबाट लात हाने । 

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आर्नोल्ड आफ्ना प्रशंसकहरूसँग कुरा गरिरहँदा अचानक एक युवकले पछाडिबाट उडेर उनलाई लात हानेको देखिन्छ । 


ADVERTISEMENT

तर आक्रमणपछि आर्नोल्डमाथि यसले कुनै असर पारेन । उनी पछाडि फर्र्किंदा उनको अंगरक्षकले युवकलाई समातेको देख्छन् । 

उनले यो घटनाको भिडियो ट्विटरमा शेयर गरे अनि मजाकमा लेखे, ‘आत्तिनुपर्ने आवश्यकता छैन । मलाई त पछाडिबाट भीडले धक्का दियो कि झैं लागेको थियो । भिडियो हेरेपछि पो थाहा पाएँ, मलाई उसले लात हानेको रहेछ ।’

कार्यक्रम आयोजकहरूले घटनापछि आक्रमणकारीलाई प्रहरीसमक्ष बुझाइएको बताए । 

आर्नोल्डले यो घटनालाई ध्यान नदिन र आफ्नो ध्यान कार्यक्रममा भाग लिन आएका खेलाडीमा केन्द्रित गर्न भने । 

दक्षिण अफ्रिकामा प्रत्येक वर्षको मे महिनामा आर्नोल्ड नामबाट क्लासिक अफ्रिका कार्यक्रम आयोजना गरिन्छ । त्यसमा शारीरिक तन्दुरुस्ती र अन्य कम्ब्याट स्पोर्ट्स आयोजना हुन्छ ।

एजेन्सी
 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस