पाकिस्तानले गर्‍यो विश्वकपका लागि टीमको घोषणा, वहाब रियाज पनि समावेश

जेठ ६, २०७६

काठमाडौं – पाकिस्तानले विश्वकप २०१९ का लागि आफ्नो १५ सदस्यीय टोलीको घोषणा सोमवार गरेको छ । 

टीममा वहाब रियाज दुई वर्षपछि फर्केका छन् । तेत्तीस वर्षीय वहाबले पाकिस्तानका लागि अन्तिमपटक सन् २०१७ को जुन महिनामा खेलेका थिए । 


ADVERTISEMENT

जेठ १६ गतेदेखि शुरू हुन लागेको विश्वकपमा पाकिस्तानले पहिलो खेल वेस्ट इन्डिजविरुद्ध नटिंघमा खेल्नेछ ।

सोमवार मुख्य सेलेक्टर इन्जमाम उल हकले वहावको आश्चर्यजनक रिटर्नको घोषणा गरे । मोहम्मद आमिरलाई पनि विश्वकप टोलीमा स्थान दिइएको छ । आमिर इंग्ल्यान्डविरुद्धको टीममा थिए र त्यसमा पाकिस्तानले ४–० को पराजय भोगेको थियो । 

सेलेक्टरहरूले अलराउन्डर फहीम अशरफ र देब्रे हाते तीव्र गतिका बलर जुनैद खानलाई पनि आरम्भिक टोलीमा राखेका थिएनन् । 

आमिरले विगत १४ वानडेमा जम्मा पाँच विकेट लिएका छन् । उनी अहिले ज्वरोबाट निको हुँदैछन् । वहाब र आमिर अफगानिस्तान तथा बंगलादेशविरुद्ध अभ्यास म्याचका लागि उपलब्ध हुनेछन् । 

सेलेक्टरहरूले युवा ब्याट्स्म्यान आबिद अलीलाई हटाएर आसिफ अलीलाई टीममा राखेका छन् । कप्तान र प्रमुख प्रशिक्षकसँगको सल्लाहमा टीम छानिएको बताए । 

विश्वकपका लागि घोषित पाकिस्तानी टीम

ओपनर - फखर जमान र इमाम उल हक

मध्यक्रमका ब्याट्स्म्यान - आसिफ अली, बाबर आजम, ह्यारिस सोहेल, मोहम्मद हफीज, सरफराज अहमद (कप्तान तथा विकेटकीपर) र शोएब मलिक

स्पिनर - इमाद वसीम र शादाब खान

तीव्र गतिका बलर - हसन अली, मोहम्मद आमिर, मोहम्मद हसनैन, शाहीन शाह अफ्रिदी र वहाब रियाज

एजेन्सी

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस