रमजानमा खानेकुरा महंगो भएर रुँदैछन् पाकिस्तानीहरू, स्याउ किलोको ६४० रुपैयाँ

जेठ ६, २०७६

काठमाडौं – पाकिस्तानमा आर्थिक संकट गहिरिँदै गइरहेको छ । सरकारले महंगी रोक्न सकिरहेको छैन ।

महंगीका कारण दैनिक उपभोग्य वस्तु र खानेकुरा नै पनि किन्न गाह्रो हुन थालेको छ । रमजान चलिरहेको भए पनि पाकिस्तानी सरकारले मानिसहरूलाई सस्ता सामग्री उपलब्ध गराउन सकेको छैन । 


ADVERTISEMENT

पाकिस्तानमा दूध लिटरको ३०० रुपैयाँमा बिकिरहेको छ । स्याउको मूल्य किलोको ६४० रुपैयाँ, सुन्तलाको ५८० रुपैयाँ र एक दर्जन केराको २४० रुपैयाँ पर्छ । 

विगत दुई महिनामा प्याजमा ४० प्रतिशत, टमाटरमा १९ प्रतिशत र मुँगको दालमा १३ प्रतिशत मूल्यवृद्धि भएको छ । चिनी, माछा, मसला, घिउ, चामल, पीठो, तेल, चिया र गहुँको मूल्य १० प्रतिशतले बढेको छ । 

महंगीले आक्रान्त पाकिस्तानी जनताले सामाजिक सञ्जालमा खुलेर सरकारको आलोचना गरिरहेका छन् । सरकारको नीतिका कारण व्यापारीहरू पनि बजारप्रति विश्वास गर्न छोडेको बताइएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ६ अर्ब डलरको प्याकेजमा सहमति बनाउने कोशिशका कारण पाकिस्तानी रुपैयाँ कमजोर भइरहेको मुद्रा विशेषज्ञहरूको भनाइ छ ।

यसैबीच पाकिस्तानको शेयर मार्केट पनि चौपट भइरहेको छ । त्यहाँ विगत १७ वर्षमा शेयर बजारको सबभन्दा खराब स्थिति चलिरहेको छ । शेयर कारोबारीहरूले सरकारसँग मार्केट सपोर्ट फन्ड बनाउने माग राखेका छन् ।

एजेन्सी 
 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस