सुमार्गीको कम्पनीलाई साढे ४ अर्ब कर तिर्न ताकेता

जेठ ७, २०७६

काठमाडौं– व्यापारी अजेयराज सुमार्गीको पारिवारिक लगानी रहेको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत शेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ ।
 कम्पनीको साइप्रसस्थित एयरबेल सर्भिसेजमार्फत स्वीडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको थियो । आन्तरिक राजश्व कार्यालयले वैशाख दोस्रो सातादेखि करीब साढे ४ अर्ब पुँजीगत लाभकर तिर्न सुमार्गीको कम्पनीलाई ताकेता गरिरहेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 


ADVERTISEMENT

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस