पाँचथरमा ९ जनाको विभत्स हत्या

जेठ ७, २०७६

काठमाडौं– पाँचथरको  मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ । 

दुई परिवारका  ९ जनाको गएराती हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 


ADVERTISEMENT

एक परिवारको ५ र अर्को परिवारका ४ गरी ९ जनाको हत्या भएकाे जनाएपनि के कारणले हत्या भयो भन्नेबारे भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

ज्यान गुमाउनेमा  योवना शेर्मा, मुना शेर्मा, बमबहादुर फियाक, बमबहादुरकी श्रीमती,  आशिका खजुम लिम्बू, जस्मिता फियाक, धनराज शेर्मा, मनकुमारी फियाक र  ६ वर्षीया इक्सा शेर्मा रहेको प्रहरीले जनाएको छ । 

विभत्स हत्या गर्नेको  पहिचान हुन सकेको छैन। 


 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस