एनसेल र पुल्चोक क्याम्पसबीच 'छात्रवृत्ति तथा उत्कृष्टता सम्मान' कार्यक्रमलाई निरन्तरता दिने सहमति

जेठ ७, २०७६

काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले आफ्नो निकै सरहनागरिएको ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन इन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौता गरेको छ । नयाँ सहमतिअनुसार इन्जिनीयरिङ तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछ । 

एनसेलको व्यवसायिक सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत रहेको यस कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पुर्‍याउँदै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पुर्‍याउने लक्ष्य लिएको छ । यस सहमतिअनुसार एनसेलले पुल्चोक क्याम्पसमा २०७६ सालदेखि २०८० सालसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्,  कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनीयरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदानगर्ने छ ।


ADVERTISEMENT

एनसेलको तर्फबाट वित्तीय प्रमुख कनिश्कगयान विक्रमा र पुल्चोक क्याम्पसको तर्फबाट इन्जिनीयरिङ अध्ययन संस्थाका डिन प्रा. रामचन्द्र सापकोटाले सोमवार (जेठ ६) गते पुल्चोक क्याम्पसमा आयोजित एक कार्यक्रममाझ सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सहमतिअनुसार एनसेलले २०७६ देखि हरेक वर्ष पाँच वर्षसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्,  कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनीयरिङ संकायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई  १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्नेछ ।

एनसेल छात्रवृत्तिले लगनशील र उत्कृष्ट प्रतिभालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई उच्चलगन, मनोबल प्रदान गर्नेछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँको रहेको छ ।

'निकैनै गतिशील यस इन्जिनीयरिङ शिक्षा क्षेत्रमा इन्जिनीयरिङका प्रतिभालाई थप उजागर गर्ने र योग्य विद्यार्थीलाई प्रोत्साहन गर्ने हाम्रो उदेश्य रहेको हो । यसका लागि प्रतिष्ठित पुल्चोक क्याम्पससँग हाम्रो सहकार्य थप प्रगाढ बनाउन पाएकोमा हामी हर्षित छौं । हामी एक्काइसौं शताब्दीका प्राविधिकलाई सहयोग गर्न र उनीहरूसँग सहकार्य गर्न चाहन्छौं,' एनसेलका वित्तीय प्रमुख कनिश्कगयानविक्रमाले भने ।
 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस