बर्गरमा थियो काँचको टुक्रा, खानेबित्तिकै मुखभरि रगत !

जेठ ७, २०७६

काठमाडौं – भारतको पुणेमा एक व्यक्तिले बर्गर खाँदै गर्दा त्यसमा भएका काँचका टुक्राका कारण काटिएर मुखभरि रगत आएको छ । 

व्यक्तिको गलामा निकै क्षति पुगेको बताइएको छ । उनी अस्पतालमा भर्ना भएका छन् । 


ADVERTISEMENT

एकतीस वर्षीय साजिद पठान साथीहरूसँग बर्गर किङ गएका थिए । त्यहाँ उनले बर्गरको एक टुक्रा चपाउँदा गलामा बिझेजस्तो भयो । थुक्दा उनले मुखबाट रगत निस्किरहेको देखे । अनि काँचको टुक्रा पनि भेटे । 

साजिद र उसका साथीहरूले बर्गर किङ तथा कर्मचारीविरद्ध प्रहरीमा उजुरी गरे । प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान थालेको छ । 

उता बर्गर किङले चाहिँ आउटलेटलाई बदनाम गर्न र पैसा धुत्न षड्यन्त्र रचिएको बताएको छ । उजुरी गर्नेहरूले जानीबुझी बर्गरमा काँच राखेको उसको दाबी छ ।

एजेन्सी
 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस