इन्डोनेसियामा जोको विडोडो पुनः राष्ट्रपति घोषित

जेठ ७, २०७६

काठमाडौं – इन्डोनेसियामा जोको विडोडो फेरि एकपटक राष्ट्रपति छानिएका छन् । 

त्यहाँको निर्वाचन आयोगले इन्डोनेसियन डेमोक्रेटिक पार्टी अफ स्ट्रगलका सदस्य विडोडोले आफ्ना प्रतिद्वन्द्वी प्राबोवो सुबियान्तोलाई हराए । 


ADVERTISEMENT

तर सुबियान्तोले चुनावमा धाँधली भएको आरोप लगाउँदै मतपरिणामलाई अदालतमा चुनौती दिने बताएका छन् । 

अप्रिल १७ मा भएको चुनावको परिणाम घोषणा बुधवार गरिनुपर्ने भए पनि हिंसा र विरोध प्रदर्शनको शंका गर्दै आयोगले एक दिनअगावै परिणाम घोषणा गरिदियो । 

सन् २०१४ मा पनि सुबियान्तो विडोडोसँग हारेका थिए । 

राजधानी जकार्ताको कुलीन वर्गभन्दा बाहिरका व्यक्ति हुन् ५७ वर्षीय विडोडो । 

इन्डोनेसियामा १९ करोडभन्दा बढी मतदाता छन् । 

परिणाम घोषणा भएपछि हिंसाको शंकाका कारण जकार्तामा ३२ हजार जवान तैनाथ गरिएका छन् । चुनाव आयोगको कार्यालयको पनि कडा निगरानी गरिएको छ । 

प्रहरीले आईएस आतंकवादी लगायतका मानिसलाई पक्राउ गरेको छ । चुनावका बेलामा राजनीतिक दलहरूले एकअर्कामाथि आरोपप्रत्यारोप लगाएको हेर्दा परिणाम घोषित भएपछि हिंसा हुनसक्ने आशंका गरिएको छ ।

एजेन्सी 
 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस