×

NMB BANK
NIC ASIA

संसदमा राजपाले माओवादीका ४१ बुँदे माग सम्झिँदै भन्यो – ‘हाम्रो संख्या सानो नठानोस्’

जेठ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राख्दै सभामुख कृष्णबहादुर महराको पटक–पटक ध्यानाकर्षण गराइरहेको छ ।

Muktinath Bank

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमा बोल्दै राजपाका नेता महेन्द्रराय यादवले २०५२ सालमा तत्कालीन माओवादीले सरकारलाई पेश गरेको ४१ बुँदे माग स्मरण गर्न अनुरोध गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जसरी सरकारले माओवादीको त्यतिबेलाको माग पूरा नगर्दा देशमा जनयुद्ध भयो, त्यसलाई स्मरण गर्दै सरकारले हाम्रो संख्या सानो नठानोस्,’ यादवले भने, ‘हाम्रा यी मागहरू सरकारले अबिलम्ब पूरा गरोस् ।’ 


Advertisment
Nabil box
Kumari

सभामुखले सरकारलाई रुलिङ नगरेको भन्दै यादवले आफ्नो धैर्यताको बाँध टुट्ने बताए । ‘सरकारले हाम्रो कुरालाई बेवास्ता गर्‍यो भने हामीले संसद अवरुद्ध गर्नुपर्ने हुन्छ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

यादवले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुको कारण पनि माग गरेका छन् । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुको कारण के हो ?’ यादवले प्रश्न गरे, ‘सरकारले बारम्बार हाम्रो मागलाई बेवास्ता गरिरहेको छ । हामीलाई दिएको आश्वासन सरकारले पूरा गरेको छैन ।’

विगतमा राजपा, तत्कालीन संघीय समाजवादी फोरम, तत्कालीन माओवादी केन्द्र र कांग्रेसले संविधान संशोधन गर्नुपर्छ भनेर मत राखेको स्मरण गर्दै भने, ‘संशोधन गर्न सरकारलाई केले रोकेको छ ? यसमा सरकारको स्पष्ट धारणा आउनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x