यार्सागुम्बुका लागि लडे भारतका दुई गाउँ !

जेठ ७, २०७६

काठमाडौं – भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा मुनस्यारी र धार्चुलाका मानिसबीच यार्सागुम्बुका विषयमा झगडा चलिरहेको छ । दुवै गाउँका मानिस हतियार लिएर एक अर्कामाथि आक्रमण गर्न तम्तयार छन् । 

बुई र पाटो गाउँका मानिसबीच यार्सागुम्बु सम्बन्धी विवाद छ । दुवै गाउँ रालम र राजरामभा बुग्याल इलाकामा भेटिने यार्सागुम्बुमा आफ्नो हक भएको बताइरहेका छन् । 


ADVERTISEMENT

प्रशासनले गाउँका मानिसलाई विवाद समाधानका लागि भने पनि दुवै गाउँका मानिस एकअर्काको दुश्मन बनेका छन् । प्रशासनले त्यहाँ धारा १४५ लगाएको छ । 

रालम पहाडी इलाका वन पञ्चायतअन्तर्गत पर्ने मानिस बताउँछन् । तर मुनस्यारीका मानिस यार्सागुम्बु खोज्नका लागि रालम आउँछन् । आफ्नो हकको यार्सागुम्बु उनीहरू लैजान्छन् । गाउँलेहरूले मुनस्यारीका सबडिभिजनल मजिस्ट्रेट आरसी गौतमसँग यसको गुनासो गरेका छन् । 

हिमालयमा हिउँ पग्लिएपछि गर्मीमा पहाडमा यार्सागुम्बु भेटिन्छन् । 

एजेन्सी
 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस