चीनमा उत्तर कोरियाली महिलाको यौन व्यापार !

जेठ ७, २०७६

काठमाडौं – कोरिया फ्युचर इनिसिएटिभले प्रकाशित गरेको एक रिपोर्टमा हरेक वर्ष उत्तर कोरियाका हजारौं महिला र बालिकालाई चीनमा देहव्यापारमा लगाइने गरेको खुलासा गरिएको छ । 

उत्तर कोरियाली महिलालाई अपहरण गरिने र यौनकर्मीका रूपमा बेचिने गरेको पाइएको छ । 


ADVERTISEMENT

चिनियाँ पुरुषहरूसँग विवाह गर्न उनीहरूलाई बाध्य बनाइने गरेको रिपोर्टमा उल्लिखित छ । 

रिपोर्टका अनुसार, चीनमा आपराधिक संगठनहरू यौन व्यापारमा संलग्न छन् र यो व्यापार वार्षिक दश करोड डलर बराबरको छ ।

उत्तर कोरियाका महिलाहरू सेक्स ट्रेडमा किन पनि कायम छन् भने उनीहरूलाई देशमा फर्काउँदा यातना सहनुपर्ने स्थिति आउन सक्छ । 

रिपोर्ट लेखक योन ही सोन भन्छन्, ‘बालिकाहरूलाई जम्मा ३० युआनका लागि यौनकर्मी बनाइन्छ । एक हजार युआन लिएर उनीहरूलाई पत्नी बनाएर बेचिन्छ ।’

उत्तर कोरियाली महिलाहरूलाई उत्तरपूर्वी चिनियाँ क्षेत्रमा वेश्यालयहरूमा दासी बनाएर राखिएको रिपोर्टमा लेखिएको छ । त्यहाँ प्रवासी कामदारहरूको संख्या ठूलो छ । 

यौन शोषणमा पर्ने बालिकाहरू आठ वर्ष उमेरसम्मका कलिला हुन्छन् । उनीहरूलाई टाढा बस्ने ग्राहकहरूकहाँ लगिन्छ । अधिकांश ग्राहक दक्षिण कोरियाली हुन्छन् ।

बीबीसीबाट
 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस