कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
जेठ ७, २०७६
काठमाडौं – पाँचथरको मिक्लाजुङ– ६ का नेलकम माखिमलाई आज (मंगलवार) बिहान ३ बजेको समयमा एउटा कल आयो ।
नेलकम निद्रामा नै थिए । फोन आएपछि ब्यूँझिए । फोन थियो काका नाता पर्ने मानबहादुर माखिमको ।
मिक्लाजुङ– ७ का मानबहादुर तिनै व्यक्ति हुन्, जसको शव मिक्लाजुङ– ८ मा करमको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।
मिक्लाजुङ– ३ मा उनका ससुरा बमबहादुर फियाक र साढुदाइ धनराज शेर्माको परिवारका ९ जनाको गएराति नै विभत्स हत्या भएको छ ।
उक्त हत्याकाण्डमा मानबहादुरकै संलग्नता हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।
काकाको फोन देखेपछि नेलकमले रातको समय भए पनि ‘रिसिभ’ गरे ।
‘रातिको ३ बजे फोन गर्नुभएका काकाले मलाई भन्नुभयो– मेरो पुरानो रोग बल्झियो । म उपचारका लागि झापा झरेको छु । औषधि खानका लागि मलाई ५ हजार चाहियो । भाइ आउँछ, उसलाई ५ हजार दिएर पठाइदे ।’
उनले ‘हुन्छ’ भन्दै फोन राखे । सम्भवतः मानबहादुरले गरेको त्यो नै अन्तिम कल हुनसक्ने नेलकमको अनुमान छ । थप कुरा उनको फोन हेरेपछि नै खुल्ने छ ।
काका मानबहादुरले पहिले मानसिक रोगको उपचारका लागि ट्याब्लेट खाने गरेको थाहा पाएको नेलकमले लोकान्तरलाई जानकारी दिए ।
मानबहादुरको परिवारमा करीब ७५ वर्षीय बुवा र आमासँगै दुई भाइ र एक बहिनी छन् । विवाह भइसकेकी बहिनी माइतीमै रहेको नेलकमले बताए ।
दुई दिदी विवाह भएर आ–आफ्नो घर गइसकेका छन् ।
केही समय विदेश पनि बसेका मानबहादुर करीब २ वर्षयता घरमै रहेको नेलकमले जानकारी दिए ।
मानबहादुर र आफ्नो खलक एउटै भएको उनको भनाइ छ ।
यो पनि पढ्नुस्
भतिजाको बयान : घरज्वाइँ नबस्दा सम्बन्धविच्छेदको प्रक्रिया, अंशमा कुरा अड्किएपछि ..
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...