मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
जेठ ७, २०७६
भारत र अस्ट्रेलियामा हालै सम्पन्न आमनिर्वाचन अमेरिकी राष्ट्रपतीय निर्वाचन शैलीमा लडिएको देखिएको छ । त्यसो त दुवै देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था छैन अनि त्यहाँको संसदीय प्रणालीमा प्रधानमन्त्री सर्वोच्च कार्यकारी हुने व्यवस्था छ ।
चुनावमा दलहरूले आफ्नो एजेन्डा प्रस्तुत गरेर मतदाताहरूलाई लोभ्याउने कोशिश गर्ने संसदीय प्रणाली दुवै देशका विशेषता हुन् । तर यसपालिको चुनावमा भने दुवै देशका बहालवाला प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतीय निर्वाचन शैलीमा आफ्नो दल भन्दा पनि आफ्नो व्यक्तित्वलाई आधार बनाएर चुनाव जितेको देखिएको छ (त्यसो त भारतमा निर्वाचन परिणाम घोषित भइसकेको छैन तर एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकाल चलाउने संकेत दिएका छन्) ।
पहिला अस्ट्रेलियाको कुरा गरौं । तमाम एक्जिट पोलहरूले बहालवाला प्रधानमन्त्री स्कट मोरिसन र उनको दल लिबरल पार्टीको पराजय हुने देखाएको भए पनि सबैलाई आश्चर्यचकित बनाउने गरी उनी नै विजयी भए ।
मोरिसनले पूर्णतया व्यक्तिकेन्द्रित चुनावी अभियान चलाएका थिए । सामाजिक सञ्जालमा आएका राजनीतिक विज्ञापनमा मोरिसनको अनुहार र उनको सन्देश नै आक्रामक रूपमा छाएको देखिन्थ्यो । पत्रिका र टेलिभिजन परम्परागत मिडियाहरूमा लिबरल पार्टीले विपक्षी दल लेबर पार्टीका बिल शोर्टेनलाई लक्षित गरेर नकारात्मक प्रचार गरिरह्यो ।
यसरी अमेरिकी राष्ट्रपतीय निर्वाचनको शैली पछ्याउँदा मतदाताहरूलाई दुई नेताबीचको छनोटको विकल्प प्राप्त भयो । त्यसले गर्दा पनि अनुमानविपरीतको परिणाम आएको विश्लेषकहरू बताउँछन् । शोर्टेनको तुलनामा मोरिसनले यो चुनाव आफूमा केन्द्रित बनाए । उनले आफूमाथि ध्यान केन्द्रित गराएर यो लडाईं नै आफू र शोर्टेनबीच भएको जस्तो बनाए । अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले पनि मोरिसोनको रणनीतिलाई पछ्याएको देखियो । उनीहरूले चुनावी लडाईं मोरिसोन र शोर्टेनबीच भएको जस्तो देखाए ।
विपक्षी लेबर पार्टीले चाहिँ शोर्टेनमा भन्दा पनि पूरै दलमा मतदाताको ध्यान केन्द्रित गर्न खोज्यो । तर मोरिसोनको दलले शोर्टेनविरुद्धको नकारात्मक अभियानलाई अघि बढाएको बढायै गर्दा जनतामा पनि शोर्टेनप्रति एक किसिमको घृणाभाव जाग्यो ।
द सिड्नी मर्निङ हेराल्डमा प्रकाशित माइकल क्रोगरको विश्लेषणअनुसार, मोरिसनले कामकाजी मध्यमवर्ग र सेवानिवृत्त व्यक्तिहरूलाई अपील गरेर चुनाव जितेका हुन् । सेवानिवृत्त भएकाहरूले आफ्नो बचत तथा लगानीबाट पनि आय सिर्जना गरिरहेको तथ्यलाई शोर्टेनले बुझ्न सकेनन् र सार्वजनिक क्षेत्रका युनियनवादीहरूलाई जोड दिए । फलस्वरूप मतदाताहरूले शोर्टेनको नीतिले अस्ट्रेलियाको अर्थतन्त्र अघि नबढ्ने निष्कर्ष निकाले ।
उता द न्युयोर्क टाइम्समा प्रकाशित डेमियन केभको विश्लेषण अनुसार, अस्ट्रेलियाका जनताले नयाँ नेतालाई पत्याउनुभन्दा बहालवाला नेतालाई नै भरोसा गर्नु उचित ठानेको देखियो । अस्ट्रेलियाको अर्थतन्त्र मजबूत रहेको बेलामा नेतृत्व परिवर्तन गर्नु उचित नरहेको उनीहरूको मनस्थिति रहेको देखिएको छ । (भारतमा पनि मोदीको बलियो नेतृत्व छँदाछँदै नयाँ नेतामा किन जोखिम मोल्नु भन्ने मनस्थिति मतदाताहरूमा परेको हुनसक्छ ।)
अस्ट्रेलियाको लिबरल पार्टी दक्षिणपन्थी दल हो र अहिले संसारका प्रमुख देशहरू अमेरिका, ब्राजिल, बेलायत, हंगेरी र इटलीमा दक्षिणपन्थी सरकार छन् । भारतमै पनि मोदीको नेतृत्वमा दक्षिणपन्थी सरकार छ । वामपन्थी लेबर सरकारले वृद्ध तथा ग्रामीण मतदातालाई बेवास्ता गर्ने र सम्भ्रान्तहरूलाई फाइदा पुर्याउने चुनावी अभियान पनि मोरिसनले चलाएका थिए । अनि मोरिसनको नेतृत्व शोर्टेनको भन्दा मजबूत रहेको छाप मतदाताहरूमा पर्न गयो ।
भारतमा पनि नरेन्द्र मोदीको मजबूत छविलाई सत्तारूढ दल भाजपाले चुनावमा खुबै उपयोग गरेको देखियो । चुनावी अभियान हेर्दा पनि भाजपाले मोदीको नेतृत्वमा देश बलियो बनेको भन्ने धारणा मतदाताहरूसमक्ष प्रस्तुत गरेको थियो ।
त्यसैले त मोदीको अनुहार सरकारी वेबसाइट, होर्डिङ बोर्डमा विज्ञापन गरिएका कल्याणकारी कार्यक्रम, अखबारका पूरै पृष्ठमा गरिएका विज्ञापनमा छायो । अनि उनका भाषणको प्रत्यक्ष प्रसारण टीभीहरूले गरे ।
भाजपाले नमो अगेन लेखिएका टीशर्ट, मग र रिस्टब्यान्डहरू बेच्यो । स्मार्टफोनमा नरेन्द्र मोदी याप नै बनाइएको थियो । अनि पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले आक्रमण गरेको भन्ने घोषणा गरेपछि भाजपाले मोदीको मजबूत र निर्णायक नेतृत्वमा देश सुरक्षित रहेको भन्न थाल्यो ।
यसरी यस चुनावलाई मोदीमा केन्द्रित गरेर भाजपाले सन् २०१४ को चुनावकै पुनरावृत्ति गर्न चाहेको देखिन्छ । त्यतिखेर भाजपाले भारतका सबै समस्याको समाधान मोदीसँग रहेको भन्दै उनकै छविलाई प्रस्तुत गरेर अमेरिकी शैलीको निर्वाचन लडेको थियो । त्यतिखेर पनि विपक्षी दलले प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गर्न सकेको थिएन । अहिले पनि भाजपाले जतिपल्ट चुनौती दिए पनि विपक्षी दलले कसैलाई पनि प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गर्न सकेन ।
विपक्षी दलको यही कमजोरीलाई समातेर भाजपाले यस चुनावमा मोदीको बलियो नेतृत्वविरुद्ध विपक्षी गठबन्धनको नेतृत्वविहीन स्थितिलाई उजागर गरिरह्यो । यसले गर्दा पनि मतदाताहरूमा मोदीको विकल्प नै नरहेको जस्तो अनुभूति भयो । पार्टीको नारा नै रह्यो : मोदीविरुद्ध को ? तपाईं मोदी चाहनुहुन्छ कि मोदीको विकल्प ?
मोदीले अनवरत रूपमा राष्ट्रवाद र बलियो राष्ट्रिय सुरक्षा नीतिको पैरवी गरिरहे । पाकिस्तानको बालाकोटमा गराएको आक्रमणको आदेश आफूले नै दिएको र पाकिस्तानलाई साइजमा राख्न आफू सक्षम रहेको भनी मोदीले मतदाताहरूलाई बारम्बार भनिरहे । यसले गर्दा पनि मतदातामाझ उनी नै बलियो व्यक्तित्व रहेको र विपक्षीहरूमा उनी जति बलियो कोही नभएको छाप पर्न गयो ।
हुन त यसअघि सन् १९७१ को युद्धमा विजयी भएपछि इन्दिरा गान्धीले त्यसै वर्षको चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेकी थिइन् । इन्दिरामा त्यसपछि देखिएको अधिनायकवाद सन् १९७५ को संकटकालका रूपमा विस्फोट भयो । सबभन्दा ठूलो कुरा त कांग्रेसमा इन्दिरापछि उनीजत्तिकै उचाइको नेता नै देखिएन र गान्धी वंशको वरिपरि घुमिरहेको कांग्रेस अहिले ऐतिहासिक रूपमै कमजोर स्थितिमा छ ।
यसरी एक व्यक्तिलाई अघि सारेर दलहरूले चुनावमा प्रचण्ड बहुमत ल्याएको भए पनि त्यसका दुष्परिणाम भविष्यमा देखिने खतरा रहन्छ । कुनै नेताले सदाकालका लागि आफ्नो मजबूत व्यक्तित्व कायम राख्न सक्दैन र उसको विजय रथ पनि रोकिन पुग्छ । त्यसो त मोदीले सन् २०१४ कै जस्तो प्रचण्ड बहुमत नल्याउने अनुमानहरू गरिएका छन् । त्यसमाथि सम्पूर्ण निर्वाचन एक व्यक्तिमा केन्द्रित गर्दा अन्य नेताहरू उदाउने सम्भावना पनि रहँदैन ।
त्यसपछि पार्टीमा नेतृत्वको संकट पर्छ । उदाहरणका लागि, रुसमा भ्लादिमिर पुटिनको व्यक्तित्वका अगाडि अरू कोही नदेखिएकाले अहिलेसम्म उनी नै सत्तामा बसिरहेका हुन् । उनको कुनै उत्तराधिकारी अहिलेसम्म देखिएको छैन ।
भाजपामा अहिले त्यही नै देखिएको छ । मोदीको छायाँमा परी अन्य नेताहरू बलिया देखिएका छैनन् । मोदीपछि कसले नेतृत्व लिने हो भन्ने नै स्पष्ट छैन । योगी आदित्यनाथलाई भाजपाले शायद अघि सार्न सक्छ ।
अस्ट्रेलियामा स्कट मोरिसनले आफ्नो व्यक्तित्वलाई अघि सारेर चुनाव त जिते तर उनले राजनीतिलाई आफूवरिपरि घुमाउने स्थिति भने देखिँदैन । तर भारतमा मोदीको विकल्प उनकै दलमा अनि विपक्षी दलमा पनि नदेखिएकाले भविष्यमा नेतृत्व संकट आउन सक्छ । यसले त्यहाँको लोकतन्त्रलाई नै पनि जोखिममा पार्न सक्ने सम्भावना रहन्छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...