×

NMB BANK
NIC ASIA

बर्दिया- रामस्वरुपका छोराहरु धनीराम र अट्वारी दाजुभाइबीच अंशबण्डा विवाद झन् झन् झांगिदै गएको छ । रामस्वरुपले विवाद समाधानका लागि समुदायसहित आफ्नो घरपरिवार लिएर पञ्चावाको घरमा विवाद मिलाउन खोज्दा झन् विवाद उग्र बन्दै गएको हो । 

Muktinath Bank

थारु फिल्म गोटियार निर्माणको क्रममा फिल्मका पात्रहरू रामस्वरुपका छोराहरू घरको सम्पति र अंशबण्डाको कुरा नमिलेपछि अदालतसम्म विवाद पग्ने अवस्थामा रहेको हुन्छ । थारु समुदायको यिनै संस्कार र कानूनी जटिलतालाई फिल्मको विषयवस्तु बनाएर चित्रण गर्न खोजिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा धनीरामको बुवाको मृत्युपछि वर्ष नबित्दै थारु संस्कार अनुसार रामस्वरुपले धनीरामको आमा रामधनियाको घरमा भोर पेल्छ अर्थात् विधुवा बनेकी रामधनियासँग विवाह गर्छ । रामस्वरुप आएको केही दिनमा रामस्वरुप र रामधनीयाको कोखबाट बच्चाको जन्म हुन्छ अर्थात् अटवारीको जन्म हुन्छ । यसलाई थारु संस्कृति र संस्कारले सहज रूपमा स्वीकार गर्छ र उनीहरूको सुखी र खुसी परिवारको रूपमा चलिरहेको हुन्छ । 


Advertisment
Nabil box
Kumari

केही वर्षपछि धनिराम जवान हुन्छ । विवाह पनि हुन्छ । तबदेखि घरमा खटपट शुरू हुन्छ । घरमा अंश र सम्पत्तिको कुरा शुरू हुन्छ । दुई भाइको आमा एउटै भएपनि बुवा फरक हुन्छ । जसले गर्दा नाता प्रमाणित गर्दा कानूनी रूपमा दुई बुवाका छोराहरु देखिन्छन् । धनीराम भने आफ्नो बुवाको जग्गा आफ्नो नाममा गराइसकेको हुन्छ । रामस्वरुपको नाममा जग्गा भने एक धुर पनि हुँदैन । अनि कानूनी रूपमा अट्वारी त्यो जग्गाको अंशियार हुँदैन । पञ्चावा र गाउँ समुदायले भने उसको भाइ हो भनेर व्यावहारिक रूपमा भएपनि जग्गा पाउनु पर्छ भन्ने दाबी गर्छन् । तर धनीरामको श्रीमती चेचिया र धनीरामले आफूहरू कानूनी रूपमा बलियो भएकोले नदिने पक्षमा हुन्छन् । यसै विवादले घर छुट्टिएर अलग–अलग भएर गोटियार हुन्छन् । उनीहरूको मुद्दा अदालतमा गई सर्वोच्च अदालतसम्म पुग्छ तर मुद्दाको टुंगो लाग्दैन, भएका सम्पत्ति पनि सकिन्छ । उमेर छिप्पिँदै जान्छ तर विवाद ज्यूका त्यूँ रहछ । यसै विषयवस्तुको वरिपरि गोटियार फिल्मको निर्माण भइरहेको छ निर्देशक चन्द्र चौधरी (चाँद) ले बताए । 

Vianet communication
Laxmi Bank

फिल्मलाई बहादुर बैरागीले लेखेका हुन् भने निर्माता रामसोहन चौधरी, बहादुर बैरागी रहेका छन् । त्यस्तै चन्द्र चौधरी (चाँद) र बहादुर बैरागीको निर्देशनमा निर्माण भइरहेको फिल्ममा बहादुर बैरागी (रामस्वरुव) कमली चौधरी (रामधनीया), विवश चौधरी (धनिराम), सुनिता चौधरी(चेचिया), निरज बाबु (अट्वारी) लगायतको भूमिका रहेको छ ।
फिल्म बर्दियालगायतका जिल्लाहरूमा छायांकन भइरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x