चेक बाउन्स मुद्दामा मोडेल खुश्बु ओली दोषी ठहर, तीन महिना जेलमा

जेठ ७, २०७६

काठमाडौँ -विवादित मोडेल खुश्बु ओलीलाई चेक बाउन्सको मुद्दामा तीन महिना जेल सजाय सुनाइएको छ । ओलीले सप्तरीका गोपालबहादुर कटवाललाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि काठमाडौँ जिल्ला अदालत काठमाडौँले तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

ओलीले कटवालसँग ३६ लाख सापटी लिएकी थिइन् । सापटी लिएको रकम तिर्न भनेर दिएको चेक बाउन्स भएपछि कटवालले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गराएका थिए ।


ADVERTISEMENT

अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको मुद्दा शाखा अधिकृत टिकासिंह खत्रीले बताए ।

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस