×

NMB BANK
NIC ASIA

अब घाइते वन्यजन्तुका लागि पनि उपचार केन्द्र

जेठ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीसम्म फैलिएको बैजनाथ सामुदायिक वनले घाइते वन्यजन्तुको उद्धार गरी उपचार गर्ने उद्देश्यले ‘घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

तालीम प्राप्त जनशक्तिको व्यवस्थासहित केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । केन्द्रमा सामुदायिक वन क्षेत्रमा संरक्षित वन्यजन्तु घाइते भएमा तत्कालै उद्धार गरी केन्द्रमा ल्याएर प्राथमिक उपचार गरी राम्रो भएपछि पुनः वन क्षेत्रमा छाड्ने व्यवस्था गरिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार केन्द्र निर्माणका लागि रु एक लाख ५० हजार रकम खर्च गरिएको छ । केन्द्र निर्माणका निम्ति प्रविधिमा तत्कालीन वन कार्यालय, सेक्टर वन कार्यालय वाणि र टोटी फुलेली रेञ्जपोष्टले सहयोग गरेको छ । घाइते वन्यजन्तुलाई सुरक्षित रुपमा राख्न उपचार सहजता प्रदान गर्न चारैतिर ‘मेसन वायर’ जडान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

'वन्यजन्तु सामान्य रुपमा घाइते भएको पाइए प्राथमिक उपचार गरी वन क्षेत्रमा छाड्छौँ,' अध्यक्ष महराले भने, 'गम्भीर रुपमा घाइते भएको पाइए केन्द्रमै दक्ष पशु चिकित्सक बोलाइ उपचार गर्छौ ।' जिल्लामै पहिलो पटक सो सामुदायिक वनले घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ ।

Vianet communication
Laxmi Bank

सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारीले वन वातावरण विपद् व्यवस्थापन र वन्यजन्तु सुरक्षाका लागि कार्य गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x