टाउको चिलाउने समस्या छ भने यी उपाय अपनाउनुस्

जेठ ७, २०७६

 टाउको चिलाउनु सामान्य समस्या हो । सफा नगर्दा, चायाँ वा संक्रमणका कारण टाउको चिलाउँछ । तर टाउको चिलाउँदा छालासम्बन्धी अन्य समस्या पनि कारण हुन सक्छन् । यसलाई हटाउन यी कुरा प्रयोग गर्नुस् :


टाउको चिलाउँदा कागतीको प्रयोग उत्तम हुन्छ । यसमा भएको साइट्रिक एसिडले छालालाई सफा गर्छ र चिलाउने मौका दिँदैन । कागतीको रस टाउकोमा केही बेरसम्म छोडिदिनुस् अनि पछि पानीले टाउको धुनुस् ।


ADVERTISEMENT

मनतातो पानीमा स्याउको रस हालेर जरासम्म पुग्ने गरी लगाउनुस् र सफा पानीले धुनुस् । यसो गर्दा चिलाउने हट्छ । 
जैतूनको तेल र बदामको तेलले टाउको मसाज गर्नुस् । यी तेल छुट्टाछुट्टै वा मिसाएर प्रयोग गर्न सकिन्छ । यसो गर्दा चिलाउने पनि हट्छ, कपाल पनि घना हुन्छ । 

दहीले टाउकोमा मसाज गर्दा पनि राम्रो हुन्छ । टाउकोमा दही दलेर एकछिन त्यत्तिकै छोडिदिनुस् अनि पछि टाउको नुहाउनुस् । यसले टाउको छालालाई पोषण पनि दिन्छ । 

नरिवलको तेलमा अलिकति कपूर मिसाएर टाउकोको छालामा मसाज गर्नुस् । यसले चिलाउने निको पार्छ अनि छालाका संक्रमणलाई पनि हटाउँछ । 

एजेन्सीको सहयोगमा
 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस