अमेरिकामा थुनामा रहेका  बालकको मृत्यु

जेठ ७, २०७६

वासिङ्टन – संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ । 
अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको थियो ।
नाम नखुलाइएका ती बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको थियो । 
 ती बालकको मृत्यु हुनुको कारण भने खुलेको छैन । गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रबासी बालक हुन् । 


ADVERTISEMENT

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस