पाँचथर प्रकरणः भागेर बाँचेकी सीताको उपचार शुरु, हात भाँचिएकाे चिकित्सकद्वारा जानकारी

जेठ ७, २०७६

    दमक–सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज अपराह्न दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 

    सीताको हात भाँचिएको र हाल उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । घाइते सीताले स्थानीयवासीलाई बताएअनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । सीता विक्षिप्त अवस्थामा रहेको भन्दै भेटघाटमा चिकित्सक तथा सुरक्षाकर्मीले कडाइ गरेको छ । 
 


ADVERTISEMENT

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस