कात्तिक २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
काठमाडौं – आमा ! शब्दमा नै कति माया र ममता हुन्छ । ‘आमा’ शब्दै नै काफी छ ।
एउटी आमाले आफ्नो सन्तानलाई कति माया गर्छिन् भन्ने कुरा पनि धेरै बखान गरिराख्नु पर्दैन ।
छोराछोरीको लागि आफूले खान लागेको गाँस काटेर भएपनि छोराछोरीलाई खुवाउँछिन् ।
आमाले नै छोराछोरीलाई नै जानी–जानी मृत्युको मुखमा घकेलिरहेकी छन् भन्दा विश्वास नलाग्न सक्छ । तर एउटा यस्तै अपवाद घटना सार्वजनिक भएको छ ।
काठमाडौं महानगरपालिका–१६ नयाँ बसपार्ककी साबित्री श्रेष्ठले २ छोरालाई विगत ७ वर्षदेखि निरन्तर अवैध लागूऔषध डाईजेपाम, बुप्रेनोर्फिन र फेनारगम एम्पुल दिँदै आएको खुलासा भएको छ । उनका २ छोरामध्ये जेठा छोरा २८ वर्ष र कान्छा छोरा २४ वर्षका छन् ।
श्रेष्ठले आफ्नै घरमा भारतबाट लागूऔषध ओसारपसार गर्ने र २ छोरा र अन्य ठाउँमा पनि व्यापार गर्दै आएको लागूऔषध नियन्त्रण व्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले बताए ।
उनले भने, ‘भारतबाट आयात गर्ने र आफ्ना छोरा र अन्यलाई व्यापार गर्दै आएकी रहिछन् । उनले आफ्नै परिवारको संलग्नमा लागूऔषध व्यापार गर्दै आएको खुलेको छ ।’
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट प्रतिबन्धित मनोद्विपक लागूऔषध डाईजेपाम ६ सय ७० एम्पुल, बुप्रेनोर्फिन ५ सय ६१ र फेनारगन ५ सय ६० एम्पुल गरी १७ सय ९१ एम्पुल लागूऔषध बिक्रीवितरण गर्न संकलन गरेको अवस्थामा उनलाई पक्राउ गरेको एसएसपी लामाले बताए ।
प्रहरीले उनको साथबाट १ लाख ४१ हजार रुपैयाँ समेत बरामद गरेको छ । उनले विगत ७ वर्षदेखि भारतबाट लागूऔषध मगाउने र आफ्नै घरबाट बिक्री वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलको प्रहरीको भनाइ छ ।
उनका पति स्वास्थ्य सहायकबाट अवकाश पाएर पत्नीसँगै एउटै घरमा छुट्टै बस्दै आएका छन् । उनका छोराहरूलाई सुधार केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।
१७ केजी चरेश बरामद
झापाको मेची नगरपालिका–६ टोकला बगानबाट अवैध लागूऔषध चरेश १७ किलोसहित मेची नगरपालिका–८ का २५ वर्षीय सञ्जय दर्जी, ३० वर्षीय मनोज दर्जी र धनकुटा पाख्रीबास नगरपालिका–४ का ४० वर्षीय राकुमार गरुङलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकडभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो ।
अभियुक्तमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...