×

NMB BANK
NIC ASIA

कोटेश्वरमा ‘पिक एन्ड ड्रप’ निषेध : ट्राफिक जाम घट्यो, यात्रुलाई सास्ती बढ्यो

जेठ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रामेछापका खड्कमान श्रेष्ठ किराना पसलको सामान किन्न काठमाडौं आइरहन्छन् ।

Muktinath Bank

विगतमा सधै कोटेश्वरबाट गाडी चढ्ने श्रेष्ठलाई यसपालि गाडी चढ्न र पसलको सामान राख्न हम्मेहम्मे भयो । उनले दगुर्दै गाडी पछ्याउँदै जडिबुटी गएर मात्रै गाडी पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्धुपाल्चोकी सोनिया तामाङ छोरी बोकेर कोटेश्वरमा गाडी कुर्दा १ घण्टा बित्यो तर गाडी रोकिएन । उनलाई १ जना ट्राफिक प्रहरीले गाडी रोकिँदैन भनेपछि गाडी पछ्याउँदै जडिबुटी पुगेपछि मात्र गाडी पाइन् ।


Advertisment
Nabil box
Kumari

हिजोआज कोटेश्वरमा यस्तो दृश्य सामान्य भइसकेको छ । पछिल्लो समय कोटेश्वरमा ‘पिक एन्ड ड्रप’ निषेध गर्ने नियम लागू भएपछि कोटेश्वरबाट भक्तपुर, काभ्रे, रामेछाप लगायत पूर्वतर्फ चल्ने सार्वजनिक यातायातका साधनमा चढ्ने यात्रुलाई सास्ती भएको छ ।

Vianet communication
Laxmi Bank

‘जथाभावी पिक एन्ड ड्रप’ निषेध व्यवस्था लागू गर्नु राम्रो कुरा हो तर निश्चित बस स्टप भने तोकिनुपर्छ,’ श्रेष्ठले लोकान्तरलाई भने ।

अर्का यात्रु सोनिया तामाङले भनिन्, ‘हामीलाई सास्ती खै के हो के हो ? ‘पिक एन्ड ड्रप’ निषेधबारे हामीलाई थाहा छैन, गाडी धेरैबेर नरोकिँदा हामीजस्ता बच्चाबच्ची भएका महिलालाई सास्ती भएको छ ।’

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनको लागि भन्दै ट्राफिक प्रहरीले उपत्यकाका भृकुटीमण्डप, सुन्धारा, कलंकी र कोटेश्वरमा ‘पिक एन्ड ड्रप’ निषेधको व्यवस्था गरेको छ । उल्लेखित ठाउँमा यात्रु ओराल्ने र उकाल्ने गरेमा ट्राफिक प्रहरीले ‘पिक एन्ड ड्रप’ निषेध नियम उल्लंघन गरेबापत सवारीसाधनलाई कारवाही गर्ने गरेको छ ।

जथाभावी ‘पिक एन्ड ड्रप’ निषेध व्यवस्थाले उपत्यकाको ट्राफिक व्यवस्थापनमा भने सहजता आएको छ । ‘हामीले अन्य ट्राफिक लाइट लगायत आधुनिक सामाग्रीहरू प्रयोग गर्ने योजना बनाएका छौं,’ महानगरीय ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्तकुमार पन्तले भने ।

विगत ३ महिनादेखि कोटेश्वरमा कार्यरत कुमार यादवले पहिले बिहान ८ बजेदेखि ११ बजेसम्म जाम हुने गरेपनि हाल जाम नहुने बताए । ‘पहिलाजस्तो गाडी त पाइँदैन तर भीडभाड र ठूलो जाममा फस्ने समस्या अहिले देखिँदैन,’ भक्तपुरका रमेश खड्काले भने ।

कोटेश्वरमा सडक विस्तार भएपनि जाम हुने सूचीमा सबैभन्दा अगाडि छ । बिहान बेलुका ‘पिक आवर’मा कोटेश्वर भएर यात्रा गर्ने यात्रुले घण्टौं जाम खेप्दै आएका छन् । विश्वका धेरैजसो देशमा निश्चित ठाउँमा यात्रुलाई चढ्ने र ओराल्ने व्यवस्था गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x