माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
जेठ ९, २०७६
काठमाडौं – संसारको सबभन्दा ठूलो लोकतन्त्र मानिने छिमेकी देश भारतमा १७ औं लोकसभाको मत परिणाम सार्वजनिक हुने क्रममा छ । ५४२ सीटमा भएको निर्वाचनको प्रारम्भिक मत सर्वेक्षणले भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धन 'एनडीए'ले झण्डै साढे ३ सय सीटमा अग्रता लिएको छ भने बीजेपी एक्लैले २०१४ मा ल्याएको २८२ सीटभन्दा माथि ल्याउने आकलन भइरहेको छ ।
बिहीवार साँझसम्म आउने वास्तविक मतपरिणाम र ‘एक्जिट पोल’ले गरेको भविष्यवाणी दुरुस्तै नमिल्न सक्छ तर प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने पक्कापक्की भएको छ ।
विश्वमै ठूलो अर्थतन्त्रको रूपमा उदाउँदै गरेको भारतको निर्वाचनको मतपरिणाम नेपालमा मात्र होइन, दक्षिण र मध्यपूर्व एसियादेखि अमेरिकासम्म विश्लेषणको विषयवस्तु बनेको छ ।
नेपालले भारतबाट पटक–पटक आर्थिक नाकाबन्दी खेपेको छ । नेपालमा संविधान बनेलगत्तै संविधानका केही प्रावधानमा असहमति जनाउँदै भारतले २०७२ सालमा ६ महिना लामो अघोषित आर्थिक नाकाबन्दी गरेको थियो ।
त्यसैको प्रभावले नेपालमा ‘मोदी विरोधी’ लहर चलेको थियो । मोदी विरोधी लहरले नेपालको आम निर्वाचनलाई पनि असर गर्यो । भारतीय नाकाबन्दीका अगाडि ‘खुट्टा नकमाएको र राष्ट्रवाद जगाएको’ भन्दै जनताले आगामी प्रधानमन्त्रीका रूपमा नेकपाका अध्यक्ष केपी ओलीलाई देख्न चाहे र जनताले भोट हालेकै कारण अहिले ओली देशका कार्यकारी प्रमुख बनेका छन् ।
भारतमा मोदीको पुनरावृत्तिलाई लिएर कतिपय नेपालीले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेको देख्न पाइन्छ भने कतिपयले भारतका जनताले दिएको मतको सम्मान गर्नुपर्ने आशयका अभिव्यक्ति दिएका छन् । विशेष गरेर नेपालमा हिन्दूराष्ट्रको वकालत गर्नेहरूले मोदीको पुनरावृत्तिलाई ‘अब केही होला कि’ भन्ने रूपमा लिएको देखिन्छ ।
मोदीले आफ्नो पुनरावृत्तिका लागि हिन्दू राष्ट्रवाद र पाकिस्तान विरोधी छविलाई शानदार रूपमा प्रस्तुत गरेका थिए । मोदीले २०१४ देखि २०१९ सम्म नेतृत्व गरेको भारतमा रोजगारी सिर्जना, औद्योगिक उत्पादन लगायतका कतिपय सूचकांक नकारात्मक थिए तर पनि अहिलेको निर्वाचनमा उनी प्रधानमन्त्रीको एक्लो उम्मेदवारजस्तो देखिए । प्रारम्भिक अग्रता र ‘एक्जिट पोल’ले भनेझैं मतगणनाले पनि मोदीकै पक्षमा परिणाम ल्यायो भने विपक्षीले तानाशाह प्रवृत्तिको पुनरावृत्ति भएको भन्दै मोदीको विरोध गर्न तम्तयार भएर बसेका छन् ।
मोदीको जीतमा सत्तारूढ दल खुशी !
तत्कालीन नेकपा एमालेका नेताहरूको भनाइलाई विश्वास गर्ने हो भने ६ महिना लामो नाकाबन्दीको डटेर सामना गरेका थिए ओलीले । ओलीको भारतसँगको पुरानो ‘विवादित सम्बन्ध’लाई नाकाबन्दीको सामना गरेको पुरस्कार स्वरूप पखालियो । फलस्वरूप नेपालमा ‘पहाडे राष्ट्रवाद’को जन्म भयो भने संविधानका कतिपय प्रावधानमा असहमति राख्ने राजनीतिक दलविरुद्ध सामाजिक सञ्जालमै भएपनि ‘राष्ट्रद्रोह’को अभियोग लाग्यो । त्यसैको पृष्ठभूमिमा नेपालमा आमनिर्वाचन भयो । निर्वाचनको परिणाम ओलीको पक्षमा गयो । अहिलेका सत्ताधारी तिनै हुन् जसले राष्ट्रवादका नाममा भोट ल्याएका छन् ।
यस हिसाबले हेर्ने हो भने मोदीको पुनरावृत्तिले सत्तारुढ दलका नेता र कार्यकर्तालाई दुःखी तुल्याउनुपर्ने हो तर उनीहरू नै सबभन्दा बढी खुशी भएको विश्लेषक हरि रोकाको टिप्पणी छ । ‘मोदीसँग कुरा मिलिसक्यो नि ! किन दुःखी हुनु ?’ रोकाले बिहीवार लोकान्तरसँग कुरा गर्दै भने, ‘यही सरकारले मोदीको पटक–पटक स्वागत गरेको छ । कतिपय सम्झौता गरेको छ । रेल ल्याउनेदेखि लिएर पानी जहाजसँगै चलाउने योजना बनाएको छ । ‘एक्जिट पोल’ले देखाएको मोदीको पुनरावृत्तिले सत्तारूढ दल झन् खुशी भएको छ ।’ लोकसभा निर्वाचनको पूर्ण नतिजा सार्वजनिक नहुँदै प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामाजिक सञ्जालमार्फत बधाई दिनुले सत्तापक्ष खुशी देखिएको आशय प्रष्ट पारेको छ ।
प्रधानमन्त्री भएपछि ओलीले आफ्नो भ्रमणका लागि सबभन्दा पहिला भारत नै रोजेका थिए । भारतसँग रहेको असहमति हटेको भन्दै ओलीले पटक–पटक सम्बन्ध सुध्रिएको अभिव्यक्ति दिँदै आएका छन् । संविधान जारी गर्दाताका बिग्रिएको सम्बन्ध सुध्रिएको भनिएपनि सम्बन्ध किन बिग्रेको थियो भनेर खोजी गरेको पाइँदैन ।
के नेपालमा हिन्दू राष्ट्रवादको उदय होला ?
मोदी पुनरावृत्तिका प्रमुख २ कारणहरू हिन्दू राष्ट्रवाद र पाकिस्तान विरोधी छवि नै हुन् । यस हिसाबले नेपालमा पनि हिन्दू राष्ट्रवादको पैरवी गर्नेहरू खुशी भएका हुन सक्छन् । नेपालको जनसंख्याको धार्मिक संरचनाले नेपालमा हिन्दूको बाहुल्य भएको देखाएपनि धर्मनिरपेक्षताका लागि हिन्दूहरू अघि बढेको कुरा लुकेको छैन ।
‘हामी खुशी या दुखी दुवै भएका छैनौं,’ राप्रपाका एक नेताले भने, ‘हिन्दू राष्ट्र आवश्यक छ र राजतन्त्र पनि आवश्यक छ भन्नेमा हामी स्पष्ट छौं तर मोदी वा अन्य विदेशी शक्तिका आडमा हामीले नेपाली जनताको मागलाई पूरा गर्नुपर्छ भन्ने पक्षमा छैनौं । यसबारे हामीले पार्टीभित्र छलफल र निर्णय गरेका छैनौं ।’
भारतमा मोदीको हिन्दूवादी छवि भएकाले उनले शासनसत्ता सम्हाल्दा नेपालमा हिन्दूवादी राजनीति गर्नेहरू खुशी नहुनुपर्ने कुनै राजनीतिक कारण छैन तर हिन्दूवादको एजेन्डा बोकेर राजनीति गर्नु र त्यो राजनीतिले जनताको विश्वास जित्नु बिल्कुलै फरक कुरा हो ।
विश्लेषक रोका भन्छन्, ‘नेपाली समाज भारतको जस्तो धार्मिक अन्धभक्त छैन । नेपालको राजनीतिक कोर्स र भारतको कोर्स फरक–फरक छ । यदि सत्तारूढ दल नै लागिपर्यो भने एउटा कुरा होला तर लोकलाज जोगाउन पनि सत्तारूढ दलका नेताहरूले हिन्दूवादी राजनीति गर्न सक्दैनन् । किनकि अहिले सत्तामा रहेकाहरू नै २०६२/६३ को परिवर्तनका वाहकहरू थिए ।’
भारतको राजनीति कसरी बुझ्ने ?
भारतीय राजनीतिको दिशा र परिवर्तन नेपालले अझैसम्म पनि बुझ्न नसकेको परराष्ट्रविद् रमेशनाथ पाण्डे बताउँछन् । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ५ वर्षे कार्यकालमा नेपालले भारतसँग कूटनीतिक रूपमा खासै केही प्रगति हासिल गर्न सकेन,’ पाण्डेले भने, ‘भारतीय जनता पार्टीको चुनावी घोषणापत्रले भारतलाई विश्वमा कहाँ स्थापित गर्ने भनेको छ, नेपालका नेताहरूले अझैसम्म पनि बुझेका छैनन् ।’
बीजेपीले हिन्दू राष्ट्रवादको विशेषतालाई मार्गदर्शन बनाएर अघि बढ्न खोजेको तर नेपाल आफ्नो राष्ट्रिय संस्कृति, धर्म र परम्परालाई बिर्सेर हिँडेको पाण्डेले आरोप लगाए । भारत, चीन, रसिया लगायतका देशहरू राष्ट्रवादबाट प्रेरित भएर अघि बढिरहेको अवस्थामा नेपालको राष्ट्रवादले कुनै आकार प्रकार ग्रहण गर्न नसकेको पाण्डेको चिन्ता छ ।
पाण्डेको भनाइले नेपालमाथि भारतले अँगालेको मार्गदर्शनको प्रभाव पर्नुपर्छ भन्ने मान्यतालाई स्वीकार गरेको छ तर बीजेपीले अँगालेको हिन्दू राष्ट्रवादको नारालाई निरंकुश र तानाशाह प्रवृत्तिको भएको कतिपय भारतीय नेताले नै टिप्पणी गरेका छन् । मोदी दोहोरिएर प्रधानमन्त्री हुनु लोकतन्त्रका लागि खतरा रहेको भन्दै कतिपय भारतीय कांग्रेस र वामपन्थी दलले आलोचना गरिरहेका छन् । भारतले नेपालसँग गर्ने ‘सानो भाइ’को व्यवहार स्वयं कतिपय भारतका विपक्षी नेतालाई मन परिरहेको छैन ।
केही दिनअघि अमेरिकाबाट प्रकाशित हुने प्रसिद्ध ‘टाइम म्यागाजिन’ले प्रधानमन्त्री मोदीलाई ‘डिभाइडर इन चिफ’ (प्रमुख विभाजक) भन्दै लामो टिप्पणी लेखेको थियो । मोदी असहिष्णु र तानाशाही भएको र लोकतन्त्रका लागि खतरा रहेको टिप्पणी भारतीय विपक्षी नेताले मात्र गरेका छैनन्, संसारभरि यस्तो टिप्पणी देख्न र सुन्नमा आउँछ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...