मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं – शुक्रवार ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोटसहित युनुस अन्सारी पक्राउ परेका छन् ।
कतारको दोहाबाट २ सुटकेसमा ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ नक्कली भारतीय नोट लिएर आएका पाकिस्तानी नागरिक उद्धिन नासिर, अनवर नासिर र अख्तर महोम्दलाई भेट्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको समयमा प्रहरीले पक्राउ गरेको हो ।
युनुस अन्सारी अहिले मात्रै पक्राउ परेका होइनन्, उनी विगतमा पनि नक्कली नोट कारोबारमा दोषी देखिएर जेल सजाय भोगिसकेका व्यक्ति हुन् । युनुसलाई ‘कुख्यात’ नक्कली नोट कारोबारीको रुपमा चिनिन्छ ।
यसअघि उनलाई प्रहरीको विशेष व्यूरोले २०६५ पुस १८ गते ललितपुरको नख्खुस्थित उनकै घरबाट पक्राउ गरेको थियो । पक्राउ परेको २ वर्षपछि जेलमा रहेका बेला २०६७ फागुन २६ गते सुन्धारास्थित केन्द्रीय कारागारको गेटमै उनीमाथि गोली प्रहार गरिएको थियो ।
३ वर्ष ९ महिना कारागार भुक्तान गरेका अन्सारी दोस्रो पटक २०६६ पुस ७ गते थापाथलीस्थित ब्लू स्टार कम्प्लेक्सको कोठा नम्बर ६११ बाट २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र ३ किलो ७ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनलाई जाली नोट कारोबार र अवैध लागूऔषध कारोबारको अभियोगमा फेरि कारागार चलान गरिएको थियो ।
उनी नक्कली नोट कारोबारमा पटक–पटक पक्राउ गर्दै जेल पर्दै फेरि पुरानै कारोबारमा फर्किने गरेको देखिएको छ । उनी नक्कली नोटसहित पक्राउ परेको यो तेस्रो पटक हो । नक्कली नोट कारोबार अपराध सम्बन्धमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५७ को उपदफा २ मा ‘खोटा मुद्रा’ अर्थात् नक्कली मुद्रा कारोबार ‘गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने’ भनिएको छ ।
अभियुक्त युनुस अन्सारी जेल सजाय भुक्तान गरी १ वर्षअघि २०७४ चैत २ गते छुटेका थिए । नेसनल टेलिभिजन समेत चलाउँदै आएका अन्सारी जेलमा हुँदा भारतीय अपराधी जसजित सिंहले गोली प्रहार गरेका थिए । युनुसलाई पाकिस्तानी खुफिया एजेन्सीसँग सम्बन्ध रहेको आरोप लाग्दै आएको छ ।
अन्सारीकी बहिनी उषाकिरण पहिलो संविधान सभाको निर्वाचनमा माओवादीको तर्फबाट समानुपातिक सभासद् थिइन् भने पूर्वमन्त्री स्व. सलिममिया अन्सारी उनका बुवा हुन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...