कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई 'डिजिटल’ बनाउन मन्त्रीलाई ल्यापटप बाँडे । ओली सरकारको मन्त्रिपरिषद्लाई कागजरहित बनाइएको दाबी गरिएको छ ।
ओली सरकारको ‘डिजिटल’ नारा सरकारी निवास बालुवाटारमा हुने मन्त्रिपरिषद् बैठकबाट सिंहदरबारसम्म पुग्न सकेको छैन । सिंहदरबारको दक्षिण गेटमा रहेको डिजिटल सूचना बोर्ड प्रयोगविहीन रहेको छ ।
डिजिटल बोर्डले काम नगर्दा भित्रबाट आफ्नो गेट पास आए/नआएकोबारे सोध्न झ्यालमै पुग्नुपर्ने अवस्था रहेको गेटमा भेटिएका चितवनका रामप्रसाद घिमिरे बताए । ‘सर्वसाधारण सिंहदरबार प्रवेश गर्न गेट पास लिने प्रत्येक झ्यालको माथितिर डिजिटल बोर्ड झुण्ड्याइएको छ,’ उनले भने, ‘बोर्ड झुण्डिएको मात्रै छ तर सेवाग्राहीहरूले आफ्नो नाम आयो कि आएन भनेर तँछाडमछाड गरेर सोध्नुपरेको छ ।’
सिंहदरबारमा रहेका डिजिटल प्रविधिलाई प्रयोग गर्नतिर ध्यान दिनुपर्ने उनले सुझाव दिए । गेटमा प्रवेश पासको लागि विभिन्न मन्त्रालयगत हिसाबले छुट्टाछुट्टै झ्यालमा व्यवस्था गरिएको छ । सिंहदरबार क्षेत्रभित्र रहेका कुनै पनि कार्यालयमा कामको विषय खुलाएर पासको लागि नाम टिपाउनुपर्ने हुन्छ ।
नाम टिपाइसकेपछि कार्यालय अनुसार बाहिरी गेटमा रहेका पास दिने कम्प्युटरमा नाम देखिन्छ तर कम्प्युटरमा नाम आए/नआएको डिजिटल बोर्डमा देखिनुपर्ने हो । डिजिटल बोर्ड प्रयोगमा नहुँदा सेवाग्राही झ्यालमै गएर नाम सोध्नुपर्ने र फर्किनुपर्ने झन्झटिलो अवस्था रहेको छ ।
पास लिने विधि र प्रक्रिया सेवाग्राहीले अनिवार्य रुपमा निर्वाह गर्नुपर्छ । तर सरकारले त्यसलाई सहज र व्यवस्थित बनाउन सकेको छैन । उपलब्ध प्राविधिक स्रोतसाधनलाई समेत प्रयोग गर्न नसक्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
प्रवेश पासको व्यवस्थापन महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले गर्ने भएपनि डिजिटल बोर्डबारे थाहा नभएको त्यहाँका अधिकारी बताउँछन् । ‘म यहाँ आएको २ महिना मात्रै भयो । त्यो प्रविधि बिग्रेको र प्रयोगमा नआएको विषयमा मलाई जानकारी आएन,’ गणका डीएसपी राकेश सिंहले भने, ‘यदि त्यसो भएको छ भने त्यसको मर्मत गर्ने जिम्मेवारी पुनर्निर्माण प्राधिकरणको हो । म त्यहाँ तुरुन्त पत्राचार गर्छु ।’
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...