×

NMB BANK
NIC ASIA

गीत-संगीत

खुमन अधिकारीको गायन यात्रा : भगवान्‌ले नै गीत गाउन पठाएजस्तो !

जेठ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भनिन्छ, हरेक बिहानीले दिनको संकेत गर्छ, हुने विरुवाको पात चिल्लो हुन्छ ।

Muktinath Bank

यी भनाई ठ्याक्कै मिल्छन् लोकदोहोरी गायक खुमन अधिकारीको सांगीतिक जीवनसँग । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुमनमा सानैदेखि गायन प्रतिभा थियो । गीतसंगीतप्रति तीव्र लगाव राख्थे, हर हमेशा गीत गुनगुनाउँथे ।


Advertisment
Nabil box
Kumari

खुमनको गायन प्रतिभालाई नियाल्नेहरू भन्थे, ‘पछि गएर यो गायक बन्छ ।’ नभन्दै खुमन लोकदोहोरी गायनमा चिल्लो पात बनेर उदाए । उनले गाएका गीत लोकप्रिय बन्दै गए । 

Vianet communication
Laxmi Bank

खुमनको २०६३ सालमा पहिलो गीत सार्वजनिक भयो –  ईश्वर पनि देब्रे परेछन् । तर त्यसयता खुमनको सांगीतिक करिअरमा ईश्वर सधै दाहिने भए । 

केही साताअघि मात्रै खुमनको ‘झोला’ बोलको गीत सार्वजनिक भयो । यहाँसम्म आउँदा गीतसंगीतले खुमनको झोला भरिएको छ । ८ हजार ५ सय बढी गीतमा खुमनको श्वरको जादू छरिएको छ । लाखौं स्रोता/दर्शकमाझ त्यो सुरिलो श्वर गुञ्जिसकेको छ ।

खुमन स्याङजाको कृष्णगण्डकीमा जन्मे, हुर्के । डाँडाकाँडा, खेतबारी, भीरपाखामा लुकामारी गर्दै खुमनको बालापन बित्यो ।

गीतसंगीतले कसरी आकर्षित गर्‍यो ? खुमनसँग ठ्याक्कै जवाफ छैन । एक हिसाबले गाउँघरको माहोल नै संगीतमय रहेको खुमन बताउँछन् । उनकी आमा गीत गुनगुनाउँथिन् ।

आफू जान्ने, बुझ्ने भएदेखि नै गीत गुनगुनाएको खुमन बताउँछन् । लोकान्तरसँगको कुराकानीमा खुमनले हाँस्दै आफ्नो बाल्यकाल सुनाए ।

‘बुझ्ने भएदेखि मादलको तालमा नाच्ने, रेडियो सुन्ने र गीत गुनगुनाउने गरेको सम्झन्छु । मलाई भगवान्‌ले नै गीतसंगीतको क्षेत्रमा लाग्न भनेर पठाएजस्तो लाग्छ,’ खुमनले भने ।

घाँसदाउरा गर्दा खुमनले खुबै गीत गुनगुनाउँथे । रेडियो, टेलिभिजनमा गीतसंगीतका कार्यक्रम छुटाउँदैनथे । ‘रेडियो/टेलिभिजनमा बजेका गीत एक पटक सुनेपछि कन्ठ हुन्थ्यो,’ कुराकानीमा उनले गीत संगीतप्रतिको आकर्षण स्मरण गरे ।

संगीतको लत यतिसम्म थियो कि नेपालीमा शब्दको अर्थ घोक्दा समेत भाका मिलाएर घोक्थे उनी । स्थानीय क्लब, विद्यालयदेखि जिल्लास्तरीय सांगीतिक कार्यक्रममा प्रायः छुट्दैनथे उनी । भाग लिने मात्र होइन, अधिकांश पुरस्कार आफ्नै पोल्टामा पार्थे ।

खुमन भन्छन्, ‘कार्यक्रममा खुमन अधिकारी आएर गीत गायो भने त्यहाँ अरुको चान्स छैन भनेर हल्ला हुन्थ्यो । यिनीहरूकै टीमले पुरस्कार लैजान्छ भन्थे ।’

छोराको प्रतिभामा बुवाआमा कहिल्यै तगारो बनेनन् । सांगीतिक क्षेत्रमा लाग्न बुवाआमाको सधै हौसला पाइरहे । ‘प्लस टु’सम्म जिल्लामै बसेर पढे । 

त्यसपश्चात् परिवारकै हौसलाले अध्ययनसँगै सांगीतिक करिअर बनाउन काठमाडौं आए २०६२ सालमा । भन्छन्, ‘यदि परिवारको साथ र सहयोग हुँदैनथ्यो भने सायद आज म यो स्थानमा हुँदैनथें ।’

ग्राहक बनेर छिरेका खुमन गायक बनेर निस्किए

खुमन अध्ययनका लागि र गायक बन्ने सपना पालेर काठमाडौं आए । अध्ययन त शुरू गरे तर कसरी गायक बन्ने ? चिने–जानेको कोही थिएनन् । अन्योलमा थिए उनी । 

गाउँबाट बिरानो ठाउँ आएको २ महिना हुँदै थियो । १ दिन साँझपख उनी पुरानो बसपार्कको सिटी मार्केट हुँदै फर्कंदै थिए, मादल बजेको आवाज सुने । जहाँ रेसुङ्गा दोहोरी साँझ थियो । भित्रछिरे । दोहोरीबारे बुझे । त्यहाँ केही खानेकुरा खाएपछि आफूले पनि गीत गाउन पाउने भए ।

‘मसँग १ सय रुपैयाँ थियो । ७५ रुपैयाँको कालोचिया पिए,’ उनी त्यो दिन सम्झन्छन्, ‘अनि एउटा लोकगीत गाउने अवसर पाएँ ।’

उनको श्वरले दोहोरी सञ्चालकको ध्यान खिच्यो । खुमनलाई बोलाएर भनेछन्, ‘तपाईको श्वर राम्रो रहेछ । दोहोरी गाउने काम गर्नुहुन्छ ?’

खुमनको ईच्छा नै त्यही । उनले सहर्ष स्वीकारे । अर्को दिनदेखि सोही दोहोरी साँझमा दोहोरी गाउन थाले । ‘मासिक ३ हजार रुपैयाँ तलबमा काम गर्न थालें,’ उनी भन्छन्, ‘दोहोरीमा काम गर्न थालेपछि कोठा भाडा तिर्न भनेर घरबाट खर्च माग्न छाडें ।’ उनले त्यहाँ ८/९ महिना काम गरे, त्यसपश्चात् गोंगबुस्थित भन्ज्याङ्ग दोहोरी साँझमा काम गर्न थाले ।

एउटा गीत गाउन स्टुडियो छिरेका खुमनले थप २ गीत गाए

भन्ज्याङ्ग दोहोरी साँझमा काम गर्दै थिए । गायिका सीता पौडेलले भनिन्, ‘भाइ तिम्रो श्वर राम्रो छ । मैले एल्बम निकाल्दैछु । भाइले गीत गाइदिनुपर्छ ।’

खुमनमा खुशीको सीमा रहेन । ‘ईश्वर पनि देव्रे परेछन्’ गीत गाए । यो गीत रेकर्ड हुँदै थियो, खुमनले अरु २ गीत पनि गाउने अवसर पाए । उनले सम्झिए, ‘स्टुडियोमा मेरो श्वर सुनेर बाहिर गायकलाई पर्खेर बस्नुभएकाले मेरो पनि गीत गाइदिनुपर्‍यो भन्नुभयो ।’ 

त्यसपश्चात् खुमन लोकदोहोरी गायनमा क्रमशः खोजिन थाले । केही महिनामा नै उनले २ दर्जन बढी गीतहरू गाइसकेका थिए । 

त्यत्तिकैमा राजकुमार बगरको ‘मनको देउतैले’ बोलको गीत गाउने अवसर पाए उनले । गीत अत्यन्तै चल्यो, खुमनको चर्चा चुलिँदै गयो । ‘त्यसपश्चात् त मलाई गीतको ओइरो नै लाग्न थाल्यो,’ खुमन सफलता सुनाउँछन् । 

त्यसपश्चात् लोकदोहोरी गायनमा खुमन बिकाउ बने । ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘पानी कुवाको’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘अल्लारे ठिटो’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’, तीज गीत ‘अब त मैले नि झुम्का लगाउँछु’ लगायतका गीतले बजार पिटे । खुमनको व्यस्तता, लोकप्रियता दिन दुईगुणा रात चौगुणाको रुपले बढ्दै गयो ।

२०६६/६७ सालतिर रेडियोमा बज्ने गीतमा उनकै दबदबा थियो । उनी भन्छन्, ‘मेरा गीतहरू लगातार आउँथे । त्यो समय अरुसँगभन्दा पनि मेरो प्रतिस्पर्धा मैसँग हुन्थ्यो ।’

दिनमै १० गीत रेकर्ड

२०६६ सालतिर खुमन चर्चा र व्यस्तताको चरम उत्कर्षमा थिए । उनको व्यस्तता यतिसम्म थियो कि एकैदिन १० वटासम्म गीत रेकर्ड गरेका छन् ।

काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा २ वटा, प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा ३ वटा, त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा २ वटा, परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा २ वटा र पुतलीसडकमा रहेको नयाँ रेकर्डिङ स्टुडियोमा १ वटा गीत रेकर्ड गराएको खुमन स्मरण गर्छन् ।

त्यो अनुभवबारे खुमन भन्छन्, ‘त्यो दिन गाउन समस्या भएन, राम्रै गाएँ तर भोलिपल्ट गाह्रो भएर त्यो दिन रेकर्डिङ गरिनँ ।’ 

‘अहिले स्तरीयता हेर्छु’ 

कुनै समय खुमन गीतको स्तरीयता हेर्दैनथे । प्रस्ताव आएका अधिकांश गीतहरू गाउँथे तर हिजोआज जस्तो पायो त्यस्तो गीत नगाउने खुमन बताउँछन् । 

‘कुनै समय मैले कुनै पनि गीत छान्दैनथें । गीतहरू हमेशै चल्थे,’ उनी भन्छन्, ‘तर अहिले पैसाको मात्र मुख हेर्नुभन्दा गीतको ‘क्वालिटी’ हेरेर गाउँछु ।’

गायक बन्ने खुमनको सपना थियो तर यो स्थानसम्म आउँछु भनेर कहिल्यै नसोचेको खुमन बताउँछन् । आज सांगीतिक क्षेत्रमा पाएको सफलताबाट खुशी छन् खुमन । आउँदा दिनमा छानिएका गीत मात्र गाउने खुमनको सोच छ ।

‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने सोच बुन्न थालेका छन् उनी तर रेकर्डका लागि संख्या पुर्‍याउन मात्र गीत नगाउने खुमनले प्रस्टाइसकेका छन् ।

कुराकानीमा बिट मार्दै खुमन भन्छन्, ‘छनोट गरेर गीत गाउँदै जानेछु । केही वर्षपछि १० हजार गीत पुर्‍याएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने सोच छ । हेरौं के हुन्छ ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x