फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
जेठ १८, २०७६
सुर्खेत – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तानाशाह बन्नेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् ।
जागरण अभियानको क्रममा सुदूरपश्चिमका ९ जिल्लामा पुगेर शनिवार सुर्खेत आइपुगेका नेता पौडेलले चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने बताउँदै ओलीको चाहना तानाशाह बन्नेतर्फ उन्मुख भएको बताए ।
‘हिटलरले पनि चुनाव जितेर नै आएका हुन्,’ उनले भने, ‘संघीयता विपरीत, संविधान विपरीत काम गर्दै गइरहेका छन् । सबै अधिकार आफैंतर्फ केन्द्रित गरेका छन् । न्यायालय, संवैधानिक निकायमाथि हस्तक्षेप गरिनु यसैको प्रारम्भिक चरण हो ।’
उनले नेकपाको दुईतिहाइको सरकारले जनताका मतको दुरुपयोग गरेको आरोप लगाए । चुनावमा नेकपाले देखाएका सपना विपरीत कार्य गर्दै गइरहेको बताए । ‘हिजो चुनावमा जाँदा कम्युनिस्टले जुन सपना बाँडेका थिए ती सपना पूरा भएका छैनन् । ती सपना पूरा गर्ने बाटोमा सरकार हिँडेको छैन,’ नेता पौडेलले भने, ‘२ वटा बजेट ल्याएको सरकारले जनताले अनुभूति गर्ने खालका कुनै पनि कार्यक्रम ल्याएको छैन । आगामी दिनमा पनि सरकारले जनताको काम गर्ने छैन ।’
नेता पौडेलले सरकारले अहिले पनि स्थानीय तह र प्रदेश सरकारलाई अधिकार नदिएको बताए । ‘गाँउमा सिंहदरबार आयो भनेर प्रचार गरिएको छ,’ उनले भने, ‘अहिले पनि केन्द्रबाटै बजेट दिने गरी केन्द्रिकृत शासन गर्न खोजिएको छ । यसरी संघीयता कसरी कार्यान्वयन हुन्छ ?’ उनले सांसदलाई करोडौं बाँडेर उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्ने मनसाय रहेको आरोप लगाए ।
नेपालमा तत्काल पानीजहाजको आवश्यकता नै नभएको उनले बताए । ‘केपी ओलीले पानीजहाजको सपना देखाएका छन् । यहाँ जनताले सिँचाइ गर्न पाएका छैनन् । खानेपानी पाएका छैनन्,’ उनले भने, ‘कांग्रेसले बनाएको कर्णाली राजमार्ग सुधार गरे के बिग्रन्थ्यो ?’
पानीजहाज ल्याउने भनेर भन्नुको पछाडि ठूलो स्वार्थ लुकेको उनको आरोप छ । ‘नेपालका सबै नदीनालाको पानी एकै ठाउँमा जम्मा गर्ने र भारतलाई बुझाउने यो कस्तो ओली राष्ट्रवाद हो ?’ उनले प्रश्न गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले गाउँपालिका तथा नगरपालिका स्तरका समिति बन्न किन सकेन भनेर नेतृत्वसँग प्रश्न गरे । ‘अहिलेसम्म किन संघीयता अनुसारका समिति गठन हुन सकेनन् ? पार्टी किन हच्किएको छ ?’ उनले भने, ‘यो अन्यौलता तत्काल हटोस् भन्ने आम कार्यकर्ताको धारणा रहेको छ ।’
सदनमा नेपाली कांग्रेस सरकारको सहयोगीजस्तो देखिएको उनको आरोप छ । ‘नेकपाले नेपाली कांग्रेसलाई सदनमा सहयोगी दलको रुपमा लिएको छ,’ उनले भने, ‘बाहिर हामी खुट्टा कमाउँदैनौं, सदनमा हुने साथीहरू खुट्टा नकमाउनुहोस् । जनता नेपाली कांग्रेसप्रति आशावादी छन् ।’
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...