×

NMB BANK
NIC ASIA

काठमाडौं – पाल्पा जिल्लामा परिचित नाम हो – किरण चित्रकार (५२) । उनी बहुआयामिक छन्, त्यसैले उनलाई चिन्ने परिचय धेरै छन् – रेस्टुरेन्ट व्यवसायी, समाजसेवी, कलाकार इत्यादि ।

Muktinath Bank

किरणको सदरमुकाम तानसेनको बसपार्कमा आफ्नै नामको रेस्टुरेन्ट छ । किरण श्रीनगर यातायात व्यवसायी समिति, पाल्पा उद्योग वाणिज्य संघ, विभिन्न क्लब तथा समूहमा सक्रिय छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलाकार किरणको सबैभन्दा महत्त्वपूर्ण परिचय हो भने कलाकारिता सबैभन्दा रुचिको क्षेत्र । किरणले मोफसलमा रहेर २ दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।


Advertisment
Nabil box
Kumari

तानसेनको भिमसेन टोलमा जन्मिएका किरण स्कूलमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा अगाडि हुन्थे । अभिनय, नृत्य, चित्रकला इत्यादिमा उनी सानैदेखि सौख राख्थे तर कसरी सौख बन्यो ? उनी आफैलाई पत्तो छैन । 

Vianet communication
Laxmi Bank

किरणका बुवा (लालप्रसाद) कलाकार थिए । जुन कुरा किरणले पछि मात्रै थाहा पाए । ‘म ४ वर्षको हुँदा बुवा बित्नुभयो । उहाँ चित्र कोर्ने, नृत्य तथा कमेडी गर्नुहुन्थ्यो रे !’ किरण भन्छन्, ‘सायद ममा वुवाको त्यही गुण सरेको हुनुपर्छ ।’

स्कूल पढ्दा विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा उनी नेपाल द्वितीय भए । सम्झन्छन्, ‘त्यतिबेला तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहका भाई धिरेन्द्रबाट पुरस्कृत भएको थिएँ ।’ स्कूल स्तरमा किरण नृत्य प्रतियोगितामा पनि सक्रिय थिए ।

किरणको अभिनय यात्रा भने गाईजात्राबाट शुरू भएको हो । नेवारी समुदायमा कोही सदस्यको मृत्यु भएपछि परिवारको तर्फबाट गाईजात्रा निकाल्ने प्रचलन छ । २०५२ सालमा मृत्यु भएका परिवारको तर्फबाट गाईजात्रा निकाल्दा आफूहरू चोकचोकमा पुगेर केही समय नृत्य तथा हाँस्यव्यंग्य गरेको किरण सम्झन्छन् ।

त्यसयता किरणको समूहले २०५३ सालदेखि पाल्पामा गाईजात्रा हाँस्यव्यंग्य प्रहशन शुरू गर्‍यो । जुन अहिले पनि निरन्तर छ ।

गाईजात्रा हाँस्यव्यंग्य प्रहशन सँगसँगै किरणले चलचित्र अभिनय यात्रा पनि शुरू गरे । २०५२ सालमै पहिलोपटक ‘वास्तविकता’ नामको टेलिचलचित्रमा अभिनय गरेको किरण बताउँछन् । सोही वर्ष किरणले ‘अँगालो अँगालोमा’ चलचित्रमा अभिनय गर्ने मौका पाए । जुन चलचित्रमा रमेश उप्रेती नायक थिए । त्यसयता भने किरण चलचित्र अभिनयमा सक्रिय रहँदै आए ।

किरणले चलेका थुप्रै नायक/नायिका अभिनित चलचित्रमा काम गरेका छन् । राजेश हमाल अभिनित ‘आवारा’, निखिल उप्रेती, दिलीप रायमाझी अभिनित ‘भाइभाइ’, निरुता सिंह, उत्तम प्रधान अभिनित ‘चित्कार’, दिलिप रायमाझी अभिनित ‘जिन्दगानी दर्पण छायाँ’, दिलीप, नविन श्रेष्ठ, कमलकृष्ण अभिनित ‘विवश’, प्रशान्त तामाङ अभिनित ‘गोर्खा पल्टन’, शिलत केसी अभिनित ‘मेरो साथी’ लगायतमा किरणले अभिनय कौशल देखाउने मौका पाएका छन् ।

किशोर खतिवडा, अरुणिमा लम्साल अभिनित ‘पिपल’, निखिल उप्रेती, प्रियंका कार्की अभिनित ‘राधे’ लगायतका चलचित्रमा किरणले अभिनय गरेका छन् ।

चलचित्र निर्माण पनि गरेका छन् किरणले । पाल्पाली कलाकार पूर्ण रानामगर र उनले ‘जीवनलीला’ नामक चलचित्र निर्माण गरेका हुन् । चलचित्रले लगानी उठाएपनि समग्रमा सोचेअनुसार नभएको किरण बताउँछन् । ‘नयाँले चलचित्र बनाउँदा प्रदर्शनमा ठूलै राजनीति हुँदोरहेछ,’ किरण गुनासो गर्छन्, ‘सिजनमा प्रदर्शन गर्न पाएको भए चलचित्रले अझ राम्रो व्यापार गर्थ्यो ।’

किरणको सोच थियो – ‘जीवनलीला’ प्रदर्शनको २ वर्षमा अर्को चलचित्र     बनाउने तर नेपालमा चलचित्र क्षेत्रको बिजोग अवस्था देखेर आफूहरू पछि हटेको किरण बताउँछन् । 

किरणका छोरा करण पनि कलाकारितातर्फ आकर्षित छन् । भर्खरै १७ वर्षमा टेक्दै गरेका करण नृत्यमा राम्रो दख्खल राख्छन् । स्टेज उद्घोषणमा पनि रुचि राख्छन् । छोरातर्फ हेर्दै किरण भन्छन्, ‘उसलाई पनि कलाकारितातर्फ ल्याउने सोचेको छु । उसको रुचि पनि त्यहीँ छ ।’

विगतदेखि नै पाल्पामा चलचित्र सुटिङ हुँदै आएका छन् । किरण जिल्लाको वातावरण र मौसमले चलचित्र युनिटलाई आकर्षित गर्दै आएको बताउँछन् । पाल्पामा आएको चलचित्र युनिटलाई किरणले सक्दो सहयोग पनि गर्दै आएका छन् ।

कुराकानीको बिट मार्दै किरण भन्छन्, ‘यहाँको वातावरण, मौसम, लोकेसन निकै राम्रो छ । सुटिङका लागि पाल्पा आउँदै हुनुहुन्छ भने मलाई सम्झनुहोला । बास बस्नका लागि होटलदेखि लोकेसन, प्रशासनबाट अनुमति लिने लगायतका काममा म सक्दो सहयोग गर्नेछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x